AnonymousUser

Logout

कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

उखु उत्पादन गरेर नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको छ। तर, कञ्चनपुरका किसानले गत वर्षको अनुदान नै पाएका छैनन्।

कृषि कर्मबाट चिनिँदै गुप्तप्रसाद: राजनीति र विदेश छाडेर फलफूल खेती

गैँडाकोटका गुप्तप्रसाद रेग्मीले फलफूल खेती थाल्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटा पुगेर बिरुवा ल्याएर खेती शुरू गरेको उनको भनाइ छ।

रियल मड्रिडसँग नापोली पराजित, लेन्सको पोस्टमा आर्सनलको ६ गोल

बुधबार राति रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा नापोली ४–२ ले पराजित भएको छ।

गुगलले युरोपमा खोल्यो अत्याधुनिक साइबर सुरक्षा केन्द्र

म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।

तीन घण्टे परीक्षाका १२ फाइदा

फुटबल खेलको समय ९० मिनेट हुन्छ। फुटबल खेलाडीलाई हेर्ने हो भने लामो समयसम्म अभ्यास गरेर ९० मिनेटलाई कसरी सदुपयोग गर्ने भन्नेबारे उनीहरूले योजना र रणनीति बनाउँछन् र नतिजा निकाल्छन्।

पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

तीन पटक प्रधानमन्त्री भइसकेका सरिफले आफूमाथि लागेका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्। 

विपन्न नागरिक उपचार निर्देशिका जारी

तोकिएका आठ वटा कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख छ।

अस्थायी आवास निर्माणका लागि ५० हजार एकै किस्तामा दिन सरकारलाई कांग्रेसको सुझाव

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको अजेन्डाबारे पनि छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

रास्वपा उपसभापतिमा वाग्ले मनोनीत

पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदसहित अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

ठाँटी मेला

शुरू भयो ठाँटी मेला

सुर्खेतको चिङ्‌गाड गाउँपालिका–४ मटेलामा बुधबार ठाँटी मेला शुरू भएको छ। मेलामा स्थानीय कलाकारले सिंगारु नाच, मयुर नाच प्रस्तुत गरेका छन्। यस्तै, मेलाको अवसरमा बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। मेला मंसिर १५ सम्म लाग्ने छ। तस्वीर: रासस

बझाङमा फेरि भूकम्पको धक्का

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

११ महिनामा प्रधानमन्त्री दाहाल ३३ दिन विदेशमा

प्रधानमन्त्री पुष्पकमल दाहाल गएको असोजमा १३ दिन विदेशमा थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट सिधै चीन पुगी मानसरोवर र कैलाश पर्वत घुमघाममा केही दिन बिताएका थिए।

ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्‍याएको छ।

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

१९५ देशका प्रहरीले सहभागिता जनाएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको हो।

रास्वपाको राजनीतिक दस्ताबेज: बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा अघि बढ्ने

प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा अघि सारिएको छ।

जापानमा ८ जना सवार अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त

सीभी–२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेका बेला त्यसको बायाँ इन्जिनमा आगो लागेको थियो।

मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिँदै

व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले कम्पनीको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले जनाएको छ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग होटल तथा क्यासिनो श्रमिकको माग

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।

न्यायको लडाइँमा हिम्मत नहारेका उपप्राध्यापक चलाउने जसलाई राज्यले नै पटकपटक ‘हमला’ गर्‍यो

राजनीतिक पार्टी, सत्ता र शक्तिकेन्द्रहरू अपराध गर्नेहरूलाई बचाउन पछि परेनन्। तर उपप्राध्यापक चलाउनेले न्यायको बाटोमा आएका त्यस्ता तगारा पन्छाउन गरेको अनवरत संघर्ष बिर्सन नसकिने खालको छ।