ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।
नक्कली भुटानी शरणार्थीमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। यसअघि ११५ जना व्यक्तिले जाहेरी दिएका थिए।
गण्डकी प्रदेश सरकारले मुस्ताङको कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ।
विभिन्न व्यापारिक घराना र स्वार्थ समूहले एकपछि अर्को गर्दै राजधानीलगायत देशैभरको नेपाल बाल संगठनको सम्पत्ति कब्जा गर्न थालेपछि संगठनका पदाधिकारीले सरकार गुहारेका छन्।
सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाइ सीआईबीलाई नै अनुसन्धान निष्कर्षमा पुर्याउन दिने निर्णय गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयबाहिर बरामद सुनको तौल ६०.७८९ किलोग्राम मात्र भएको छ।
सरदरभन्दा बढी वर्षा र कमजोर भूबनोटका कारण पहिले पानी नै नपर्ने हिमाली जिल्ला मुस्ताङ लगातार बाढी पहिरोको चपेटामा पर्न थालेको छ।
एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीका मागका सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले बन्द कोठामा बनाइएको योजनाअनुरूप सभामुखले संसद् बैठक चलाएको बताएका छन्।
‘राज्यले नक्कली चिकित्सक पक्राउ गर्न चलाएको अभियानलाई म उत्कृष्ट भन्छु। तर अनुसन्धान नगरिकन सक्कली चिकित्सकलाई पनि नक्कली भनेर पक्राउ गर्दा म मानसिक पीडामा छु। थप पढ्न नसक्ने अवस्था भएको छ।’
सुन तस्करी प्रकरणको उच्चस्तरीय न्यायिक समिति बनाइ जरैसम्म पुगेर अनुसन्धान नभए अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो हुनुका साथै भूराजनीतिमा समेत असर पर्ने एमालेको भनाइ छ।
पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दै छ भन्ने हल्ला सही नभएको दाबी गरे।
क्यानले एसीसी एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।
कांग्रेसले सुन तस्करी प्रकरणको सीआईबीलगायत सरकारी निकायमार्फत निष्पक्ष छानबिन गराई घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।
सत्तारूढ दल कांग्रेसले लामो समयदेखि अवरुद्ध संघीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ।
एएफसी फुटसल एशियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।
सप्तकोशीमा सन् १९८९ पछि पहिलोपटक पानीको बहाव सबैभन्दा उच्च विन्दुमा पुगेको छ। यता मध्य नेपालको नारायणी र पश्चिम नेपालको महाकाली नदीको सतहले पनि सतर्कता तह पार गरेको छ।