AnonymousUser

Logout

बजेट अभावले अलपत्र पर्‍यो भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक

भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ। समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रका व्यवसायी मर्कामा परेका छन्।

रामग्राम स्तूप उत्खननमा पुरातत्त्व अवशेष भेटियो : लुम्बिनी विकास कोष

रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा प्राचीनकालका संरचना भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

दुई विदेशी खेलाडीको गोलमा धनगढीको विजयी शुरूआत

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

‘जात व्यवस्था र यौनिकता: कलामार्फत प्रतिरोध’ साताव्यापी चित्रकला प्रदर्शनी हुँदै

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यूए प्लस) कलाकारहरूसहित ३८ कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।

सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।

ढुंगा प्रहारबाट एमाले नेता भट्टराई सवार गाडीमा क्षति

एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रम सकेर फर्किने क्रममा नेता भट्टराईको गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।

कोप–२८ मा क्षतिपूर्तिको विषय उठाउनुपर्नेमा सांसदहरूको जोड

नेपालमा जलवायु परिवर्तनको असरको अवस्था आकलन गरी कोप–२८ सम्मेलनमा सोही अनुरूप क्षतिपूर्तिको विषय दह्रोसँग राख्नुपर्ने सांसदहरूको भनाइ छ।

सरकारले वैशाख ९–१० गते तेस्रो लगानी सम्मेलन गर्ने

अर्थमन्त्री डा. महतले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए।

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

दशैँ–तिहारकै बीच ४३ हजार भन्दा धेरै नेपाली गए वैदेशिक रोजगारीमा

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।

आइतबार नेप्सेमा उच्च अंकको वृद्धि, २ अर्बमाथिको कारोबार

आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

पक्राउ परेका व्यक्ति गायब घटनामा दुई प्रहरी कारागार चलान

पक्राउ परेका व्यक्ति गायब घटनामा धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा दुई प्रहरी कारागार चलान भएका हुन्।

भारतीय महिलाले बनाइन् सबैभन्दा धेरै दाँत भएको रेकर्ड

डाक्टरले उनले भविष्यमा आफ्नै रेकर्ड तोड्ने बताएका छन्। अझै दुईवटा दाँत आउने तयारीमा रहेकाले केही समयमै उनीसित ४० दाँत हुने छन्।

स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न डा. केसीले माग गरेका छन्।

छुवाछुत कसुरमा वडाध्यक्षलाई जेलः व्यवहार नसच्याई सुखै छैन

वडा सदस्यविरुद्ध जातीय विभेद र छुवाछुत हुने गरी गाली गर्ने पोखरा–२४ का वडाध्यक्षलाई जेल पठाएर कास्की अदालतले हरेक नागरिकलाई विभेदजन्य व्यवहार सच्याउन सन्देश दिएको छ।

केपी ओली कप : लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिए

नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।

लमजुङमा रोगले सुन्तला सखाप, पलायन भए किसान

२० वर्षयता ‘ग्रिनिङ’ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका छन्।

सुरुङमा फसेका कामदार निकाल्ने प्रयास तेस्रो सातामा, ३ दिशाबाट खनिँदै

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।

१४ थाई नागरिक रिहा भइसक्दा विपिनको पर्खाइ जारी

युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्।