AnonymousUser

Logout

प्रतिस्थापन विधेयकले नागरिकको आवश्यकता र चाहना पूरा गर्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले बढाउँदै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।

प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।

माडी नगरपालिकाले नगरवासीलाई बचाउन चुपचाप गरिरहेको एउटा प्रयास

नगरवासीका अस्वाभाविक मृत्युको कारणमध्ये आत्महत्या प्रमुख रहेको पाइएपछि चितवनको माडी नगरपालिकाले अभियानकै रूपमा आत्महत्या न्यूनीकरणको कदम चालेको छ।

मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घर आइपुगे

विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। त्यहाँ पुगेको एक हप्तामै उनीमाथि गैरकानूनी भएको आरोप लागेको थियो।

कोप–२८: यस्ता छन् नेपालको प्राथमिकता

सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, पर्वतीय राष्ट्रका समस्याको पहिचान र सम्बोधनलगायत विषयलाई महत्त्वका साथ उठाउने तयारी गरेको छ।   

४ महिनामा डेढ अर्बको चिया निर्यात

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ।

सेवानिवृत्त अधिकृत थापाको पौरख: ५६ रोपनीमा सुन्तलाखेती

तनहुँमा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका बजारमा पुग्ने गरेको छ।

कालीगण्डकी करिडोर: बेनी–गलेश्वरखण्डमा कालोपत्रे धमाधम

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुनेछ।

जाजरकोटको जाडो र त्रिपालको तृष्णा

आपत्कालीन उद्धारमा जस्तै प्राकृतिक प्रकोप पीडितको तत्कालीन गाँस, वास र कपासका लागि सरकारले गर्ने नीतिगत नेतृत्व मात्रै हो, कार्यस्थलमा फौजी संरचना नै खटिनु पर्छ।

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी, आर्सनल शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।

आइतबारको मौसम: पहाडी भूभागमा आंशिक बदली हुने

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रसाईंको ‘अभियान’मा आएकाहरू भन्छन्– घरबाट बोलाउन थालिसके

वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।

पर्वतारोही निर्मल पुर्जालाई जर्मनीमा सम्मान

पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्डस्मा आईएसपीओ कपबाट सम्मान गरिएको छ। 

भूकम्पले क्षति पुर्‍याएका सार्वजनिक संरचना प्रदेश सरकारले बनाउने

प्रदेश सरकारले १० करोड विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब पुनर्निर्माणका लागि छुटाएको छ।

नेपालगन्ज म्याराथन : गोपी र सन्तोषी च्याम्पियन

नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।

किन दोहोरिइरहन्छ फिल्म निर्माता र हलवालाको विवाद?

प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।

उकालोकर्मी मनिष पौडेल सम्मानित

पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए।

कोशीमा प्रतिस्थापन बजेट विधेयक पारित

मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको दाबी गरे।

सरकारले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको श्रमिक संघ–संगठनको गुनासो

श्रमिक संघ–संगठनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकका अजेन्डालाई पनि साथमै अगाडि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पाँच सयभन्दा बढी दलित बालबालिकालाई निःशुल्क ट्युसन पढाउने मनोज राम सम्मानित

मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।