आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डिजिटल राइटको नाममा डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको बताएका छन्।
आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो।
ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धी ऐनमा धेरै अस्पष्टताहरू रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे त्यहाँ हवन पूजा गरिने बताइएको छ।
दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति डार्ट गरी नियन्त्रणमा लिइएको हो।
१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।
अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।
मकवानपुरगढी गाउँपालिकाले विद्यालयमा रैथाने बालीको खाजालाई अनिवार्य मात्र गरेको छैन, खेती गर्ने किसान र बजारीकरण गर्ने सहकारीलाई अनुदान पनि दिएको छ। जसकारण बाँझो जोतेर पनि कोदो लगाउन थालिएको छ।
नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो।
भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
बैठकमा सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए।
विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पंजाब प्रान्तमा गुरु नानकको जन्म भएको थियो। नेपालमा पनि शिख धर्मावल्मबी रहेका छन्।
आइतबार राति भएको खेलमा काडिजलाई ३–० गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लेको हो।
पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको हो।
तीन ब्याटरको अर्धशतकको मद्दतले भारतले चार विकेटको क्षतिमा २३५ रन बनाएको थियो।
शतकौँदेखि मुठ्ठीभरका अभिजात वर्गको कब्जामा कैदी बन्न पुगेको ज्ञान एवं सूचनाको स्रोत र सत्तालाई विज्ञान प्रविधिको क्रान्तिले निम्न वर्गको पहुँचसम्म पुर्याइदिएको छ।
केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।
हाल देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।