AnonymousUser

Logout

यू१९ एशिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य 

नेपालले एसीसी यू१९ एशिया कपमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। उत्तम रंगु थापामगर र दीपेश कँडेलले अर्धशतकीय साझेदारी गरेका छन्।

वर्षायाममा १५ अर्ब २४ करोडको विद्युत् निर्यात

विद्युत् प्राधिकरणले जेठदेखि मंसिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन भएको जनाएको छ।

पाकिस्तानविरुद्ध उत्तमको अर्धशतक

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा उत्तमले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका छन्।

हराउँदैछन् काठका ठेकी, पेसा संकटमा

परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्।

नागढुंगाबाट २ किलो सुन बरामद, ३ जना पक्राउ

बिहीबार राति रसुवाबाट काठमाडौँतर्फ आइरहेका तीन जनाको साथबाट दुई किलो सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यूएईबाट आएको १४ किलो सुनबारे छानबिनका लागि ६ सदस्यीय समिति गठन

बिहीबार राति दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको सात थान सुन बरामद भएको थियो।

भूकम्प प्रभावितले २ प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

राष्ट्र बै‌कले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्नेसमेत समीक्षामार्फत व्यवस्था गरेको छ।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको छ। 

युक्रेनी सेनाको कब्जामा पर्दै रुसी सेनामा गएका नेपाली, प्रलोभनको पछि लाग्दा ज्यानै जोखिममा

रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।

गाजा युद्धमा इजरायली मन्त्रीका छोराको मृत्यु

सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको छ।

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम: छोरी जन्मिए ५ हजार

समाजमा छोराछोरीबीच विभेद केही कम भए पनि पूर्ण रूपमा हटिनसकेकाले छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि ‘नगरकी छोरी’ कार्यक्रम शुरू गरिएको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्। 

यू१९ एशिया कप शुक्रबारदेखि, नेपाल र पाकिस्तान भिड्दै

नेपाल र पाकिस्तानबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ।

गाउँ पुग्दैछ कालोपत्रे सडक, सुगम हुँदैछन् दुर्गम बस्ती

सडक सुविधा सहज बनेपछि गाउँलेहरू कृषि उद्यममा लागेका छन्। पहिले बसाइँ सरेर तराई गएकाहरू पनि फर्किन थालेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ

बिहीबार राति फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका घलेलाई दुई–दुई किलोको सात वटा बिस्कुटसहित पक्राउ गरिएको विमानस्थलका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

प्राविधिक सरकार, आचरणविहीन राजनीति

चुनावको एक वर्ष नहुँदै दलहरू ‘मिसन ८४’को राग अलापेर बसेका छन्। लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव र सरकारपछि अर्को सरकार गठन भनेर बुझ्नु र बुझाउनु दलहरूको कमजोर चेत र प्रतिबद्धता हो।

चितवनमा मिटरब्याजीले लिएको ७ कट्ठा जमिन फिर्ता

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि चितवनमा ८७ वटा उजुरी परेका छन्।

तराईमा बिहानैदेखि हुस्सु, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आठबीसकोटमा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही यकिन

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ।

लेखा समितिले प्रधानमन्त्रीलाई बोलाएर एनसेलको शेयर खरिद–बिक्रीबारे धारणा लिने

समितिले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा भएका कामको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

आगलागीमा ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले एक/एक लाख दिने

विराटनगर महानगरले आगलागीमा परी घाइते भएकाहरूको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।