हिंसाका लागि उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमझर महिला हिंसा सहेर बस्न बाध्य छन्।
रुकुम, सोतीका गाउँलेले जाजरकोट, रानागाउँका नवराज विकलाई 'जात नमिलेपछि' विहे त गर्न दिएनन् नै, प्रेम गरेको बदलामा उनीसहित ६ युवाको ज्यानै लिए। शोकाकुल आमाहरूले त्यसको साढे तीन वर्षपछि न्याय पाएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।
तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।
लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुनलाई सुरक्षित लगानीको रूपमा लिएकाले विश्व बजारमा सुनको मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ।
दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।
कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।
मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठको ‘एन्जिओप्लास्टी’ गरिएको छ।
गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।
प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।
कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षासमेत हुनेछ।
सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।
विरोध
सिंहदरबार प्रवेश गेटहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेटसहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। सिंहदरबारभित्र छिर्ने सवारीसाधन र पैदल यात्रुहरूलाई चेकजाँच गरिएको छ। प्रहरीले सवारीसाधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ। सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
अपराधमा संलग्न अभियुक्तहरूलाई दलका नेता-कार्यकर्ताले नै नायकजस्तो शैलीमा स्वागत र सम्मान गर्ने विकृत अभ्यास कानूनी राजलाई चुनौती दिँदै संघीय राजधानी काठमाडौँदेखि जिल्लासम्म विस्तार भएको छ।
४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्री शंकास्पद रहेको ठहर गर्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
‘छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनू। म क्रिकेट खेलाडी होइन, तर मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,’ मन्त्री लिम्बूले भने।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।
नेकपा एकीकृत समाजवादीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको छ।