AnonymousUser

Logout

एउटै गाउँबाट २ करोड ६० लाखको बिउ आलु बिक्री

गाउँमा उत्पादन भएको आलु संकलन गरेर जिमुहाँ शीतभण्डार सहकारी संस्थाले बिउका रूपमा बिक्री गरेको हो। २८४ जना कृषकले भण्डारण गरेको ४०० टन आलुको बिउ बिक्री भएको छ।

बीआरआई परियोजनाबाट बाहिरियो इटाली

इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।

चिसोले जमेको पञ्चकुण्ड तालमा रमाए पर्यटक

समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ। 

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु

प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित, लिभरपुल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा एस्टन भिल्लाले साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ। 

किन बुझ्ने नोम चोम्स्कीका कुरा?

अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदारझैँ सम्झन्छ, तर अमेरिकाकै एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ?

कस्तो रहनेछ बिहीबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी 

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।

आरती साहका श्रीमान‍्लाई थुनामा पठाउन आदेश, पीडित परिवारले धर्ना जारी राख्ने 

आरती साहका ससुरासँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले ससुरा र श्रीमान‍्लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

अपराजित रहँदै पोखरा नेपाल सुपर लिगको शीर्ष स्थानमा

पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ।

रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’ पूर्व सुरक्षाकर्मी, ७ लाखसम्म लिएर पठाइन्थे नेपाली

उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।

कसले किन भनिरहेछन् ‘मिसन ०८४’? 

निर्वाचित संसद्ले वर्षदिन पार नगर्दै नयाँ–पुराना दुवैथरी दल र तिनका नेताहरूले चार वर्षपछाडिको आवधिक चुनावलाई लक्षित गर्दै 'मिसन ०८४' भन्नुको अन्तर्य के हो?

एनसेल प्रकरणमा खरिद प्रक्रिया स्थगनसहित लेखा समितिको चार बुँदे निर्देशन

खरिद प्रक्रियासँग जोडिएका सवालहरू समाधान नहुँदासम्म एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिएको छ। 

बाल संगठनले भन्यो– भूकम्प प्रभावित बालबालिकालाई संरक्षण गर्न तयार छाैँ

नेपाल बाल संगठनले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडित अनाथ तथा जोखिममा परेका बालबालिकालाई आफ्ना बालगृहमा व्यवस्थापन गर्न सक्ने बताएको छ। 

सुनसहित पक्राउ परेका न्युरोडका व्यापारीविरुद्ध हुन्डी कारोबारको मुद्दा

 काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो: स्वर्णिम वाग्ले

सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने
वाग्लेले बताए।

कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा, ‘अब पर्यटक भएर विदेश जाने’

कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।

सरकारलाई एनसेलको जवाफः ‘कानूनतः कर्तव्यपालनमा कटिबद्ध छौँ’

दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।

शासकीय सुधारका लागि आयाेग गठन गर्ने सरकारको तयारी

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए।

पीडा सहेर पनि हिंसा लुकाउन बाध्य छन् महिला

हिंसाको उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमजोर महिला हिंसा सहेर बस्न बाध्य छन्।