निर्माताहरूसँग सहकार्य गरेर चलचित्रका माध्यमबाट मानवअधिकारको प्रवर्द्धन गर्ने योजनाअनुसार मानवअधिकार आयोग अगाडि बढेको अध्यक्ष तपबहादुर मगरको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्मातालाई आग्रह गरेका छन्।
मानवअधिकारको संरक्षण र प्रवर्द्धन हुने गरी र जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्मातालाई उनले आग्रह गरेका हुन्।
शनिबार काठमाडौँमा आयोजित ११औँ नेपाल मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा अध्यक्ष मगरले आयोगले मानवअधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्मातासँगको सहकार्यलाई जोड दिइरहेको उल्लेख गरे।
आफूहरूले सहकार्यलाई निरन्तरता दिने सोचअनुसार अघि बढाएको उनले सुनाए। जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानवअधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरूले जोड दिएको उनको भनाइ थियो।
“फिल्मले हाम्रो ह्युमन राइट्स इ–प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेस गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। राष्ट्रिय मानवअधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्वारा कसरी जान सकिन्छ भन्ने कुराहरूमा अघि बढिराखेको छ,” उनले भने।
अध्यक्ष मगरले सबै अधिकारहरू मानवअधिकारभित्र पर्ने भएकाले पनि चलचित्र निर्माताले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको समेत बताए।
“फिल्मबाट ह्युमन राइट्स प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुनसक्छ भन्नेबारेमा हामी लागि परेका छौँ। त्यसका लागि फिल्म मेकरले ह्युमन राइट्स प्रोटेक्सनका लागि फिल्म बनाउन सक्यो भने तल्लो तहसम्म ह्युमन राइट्सका बारेमा एजुकेट गर्न सकिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
