AnonymousUser

Logout

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, तापक्रम ७५ वर्ष यताकै बढी

दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।

३५ कलाकार पुरस्कृत, गिरी र श्रेष्ठलाई दीर्घ साधना

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ। 

नेपाली भाषाप्रति प्रज्ञा प्रतिष्ठान नेतृत्वको द्रोहभाव देखियोः प्रा. जगत् उपाध्याय

'अहिलेका पदाधिकारीहरूसँग हाम्रो व्यक्तिगत दुस्मनी छैन। हाम्रो उत्तराधिकारीका रूपमा उहाँहरू आउनुभएको हो। ऐनअनुसार उत्तराधिकारीका रूपमा आइसकेपछि कुनै पनि संस्थाको अविछिन्न नेतृत्व मानिन्छ।'

बेतनामा फेला पर्‍यो अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने  ‘ब्लाक सफ्टसेल’ कछुवा ७० देखि ८० किलोसम्मको हुन्छ। बेतना सिमसारमा यो कछुवा दुई दर्जन हाराहारी रहेको छ। 

विरोध

‘तस्करीले देश बन्दैन’

देशमा भएको चरम भ्रष्टाचार, दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डलगायत विभिन्न अनियमितताको विरुद्धमा शनिबार बृहत् नागरिक आन्दोलन गरिएको छ। भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएका सो विरोधसभामा सहभागीहरूले ‘तस्करीले देश बन्दैन’, ‘भ्रष्टाचारको विरुद्ध नबोल्नु पनि भ्रष्टाचार हो’, ‘घुम्ने मेचमाथि सुनको मान्छे’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ: गृहमन्त्री

संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको छ। 

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

मेलम्ची नदीमा आएको बाढीले शुक्रबार राति हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको बगाएको भवन छ। अन्य विद्यालय भवन पनि जोखिममा छन्।

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै, सर्वसाधारणले पनि खरिद गर्न पाउने

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

बागलुङमा पहिरोले २ घर भत्किए, दर्जनभन्दा बढी उच्च जोखिममा

पहिरोले घर भत्किँदा बागलुङ नगरपालिका–६ मैदानका जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएका छन्। 

मान्छेलाई मान्छेकै रूपमा चिन्ने कि?

जीवन कुनै कविको कल्पनाजस्तो हुँदैन, नत चित्रकारले कोरेको सुन्दर चित्रजस्तो हुन्छ। वास्तविक जीवनका वास्तविक चुनौती र समस्या हुन्छन्।

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको सानदार जित

जितसँगै अल–नासर तीन खेलबाट तीन अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। 

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, गण्डकी र बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए।

न्याय माग्दै दुई महिनादेखि अनशनरत न्यायाधीशकी पत्नीको स्वास्थ्य गम्भीर बन्दै

न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशनरत वैवाहिक बलात्कारपीडित आरतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आफन्तले बताएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: संसद् खुल्यो, स्वार्थ खुलेन

आज भदौ ८ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सदनको अवरोध चर्चामा आयो। साथै कोशी प्रदेशको विश्वासको मत, ललितानिवास जग्गा प्रकरणमा सीआईबीको अनुसन्धानले चर्चा पाउँदा अन्य केही जनचासोका विषय भने ओझेलमा परे।

नेपाली क्रिकेटलाई धनी बनाउने मेरो लक्ष्य हो : पारस खड्का

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

रास्वपाले क्षमताले भ्याउने संसदीय समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने

रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।

केपी ओलीलाई ‘झस्काउने’ गिरिबन्धु टी–इस्टेट प्रकरण: के भएको हो, को कसरी जोडिन्छन्?

संसद्को पछिल्लो अवरोध खुल्नुमा प्रधानमन्त्री दाहालको ‘गिरिबन्धु टी–इस्टेट’ प्रकरणमा छानबिन अघि बढाउने अभिव्यक्तिले काम गरेको बुझाइ राजनीतिक वृत्तमा व्याप्त छ। के हो यो प्रकरणको भित्री कुरा?

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेश आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री 

प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको प्रधानमन्त्री दाहालको भनाइ छ।

सुनसरी प्रशासनद्वारा धरान उपमहानगर क्षेत्रभित्र निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।