आयोजना प्रवेश मार्गमा पर्ने ४५४ रोपनी जग्गाको मुआब्जा नपाएपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्।
शनिबार बिहान फुङलिङ नगरपालिका–५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको छ।
एक सातादेखि बढेको चिसोले बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। अस्पतालमा बिरामीको संख्या पनि बढेको छ।
सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका छन्।
संविधानले नचिनेको राजनीतिक शब्द 'राजनैतिक सहमति'को आडमा मन्त्रिपरिषद्को निर्णयमार्फत टिकटकमाथि प्रतिबन्ध गर्ने कार्यलाई सामान्य नियमनकारी कार्य भन्न मिल्ने ठाउँ साह्रै कम छ।
पोखरा महानगरपालिका–६ का वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
तराईमा बिहान लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा हट्दै जानेछ।
म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत शहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्।
मनाङमा कात्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन। वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन्।
बराबरीसँगै वीरगन्ज ४ खेलबाट २ अंकसहित नवौँ स्थानमा यथावत् छ। समान खेलबाट ३ अंक जोडेको झापा अंक तालिकामा सातौँ स्थानमा छ।
उत्पादन र आपूर्ति बढे पनि बजारमा माग नबढेको कारण तरकारीको मूल्य एक्कासि घट्दा किसान र व्यवसायी दुवै मारमा परेका छन्।
संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।
चार दिनबीचमा अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौँका तीन ठाउँबाट बरामद २५ किलो तस्करीको सुनले तस्करहरू सक्रिय बनेको देखाउँछ। प्रहरी भन्छ– यसमा नेपाली भरियालाई प्रयोग गरेका भारतीय व्यापारी छन्।
यो हप्ताको न्युजलेटरमा रूकुम अदालतको ऐतिहासिक फैसला, रेस्ट अफ वर्ल्डका प्रधानसम्पादक अनुप काफ्लेसँग मिडिया–संवाद र ज्यान जोखिममा राखी विदेशी सेनामा भर्ती हुने युवाका कथा प्रमुखतासाथ चर्चा गरिएको छ।
आरआर क्याम्पसमा स्नातक तहको प्रयोगात्मक परीक्षामा शिक्षकले दिएको नम्बर मार्कसिटमा घटेर आएपछि विद्यार्थी रुस्ट छन्। क्याम्पस नै नआउने विद्यार्थीलाई भने मार्कसिटमा नम्बर बढाइएको उनीहरूको आरोप छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा उत्रिएपछि विभागले सूचना जारी गर्दै आन्तरिक रूपमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा भ्याट नलगाइएको जनाएको छ।
एसीसी यू१९ एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। अब नेपालले दोस्रो खेल अफगानिस्तानसँग आइतबार खेल्ने छ।
सरकारले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको छ।
एन्फाले उमेर समूहका खेलाडीलाई लक्षित गरेर थालेको यू१६ लिग अनिश्चित बन्दा क्लबहरूको लगानी खेर जाने अवस्था त छ नै, नयाँ खेलाडीले खारिने मौका नपाएर राष्ट्रिय टोलीसम्म पुग्ने ढोकासमेत बन्द हुँदैछ।