AnonymousUser

Logout

अस्पतालको कुरुवाघरमा कर्मचारीको क्यान्टिन, चिसो भुईंमा कुरुवा

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कुरुवाघर बनेको सात वर्ष भइसकेको छ तर अस्पतालको लापरबाहीले बिरामीका कुरुवा खुला आकाशमुनि र चिसो भुईंमा बस्न बाध्य छन्।

सरकारी मेडिकल तथा नर्सिङ कलेजमा शिक्षक दरबन्दी थप्ने न्याम्सको निर्णय

मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।

माडीका गाईमा देखियो ‘क्यू फिवर’

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो। यो रोग मानिसबाट पशुमा तथा पशुबाट मानिसमा सर्ने गर्छ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको आग्रह

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्राकृतिक विपद्का बेला पानीजन्य रोग (झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (डेंगी, मलेरिया)को संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे।

१५ शय्याको मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

२०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो। दैनिक सरदर ४०० बिरामीले सेवा लिने गरेका छन्।

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'

गंगालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको हो।

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्न आउनेलाई अण्डा उपहार

रूपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम शुरूआत गरेको छ।

डेंगीबाट झापामा २ जनाको मृत्यु, कोशीमा १ हजार ६५ जना संक्रमित

कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासी आन्दोलित

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।

पर्वत अस्पतालमा ५ वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर र आईसीयू अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्।

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन्।

नरैनापुरमा झाडापखालाबाट ४ जनाको मृत्यु, ७ बिरामी

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।

बजेट अभावले बागलुङमा पालिकास्तरीय २ अस्पताल अलपत्र

बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ।

उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको विषयमा छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ।

अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।

मंकीपक्स संक्रमणको जोखिममा नेपाल, विमानस्थल तथा सीमानाकामा बढाइँदै निगरानी

स्वास्थ्य मन्त्रालयले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा यस वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एक जनाको मृत्यु भएको छ।