AnonymousUser

Logout

टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ । 

१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

जाडो बढेसँगै डेंगी संक्रमण पनि घट्यो

नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ। ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

भेरी अस्पतालमा सिकलसेलको उपचार गर्न बेग्लै वार्ड स्थापना हुने

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

औषधि लिमिटेडले भन्यो– सिटामोल अभाव  छैन

नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरूका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ।

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समिति गठन गरेका छन्।

खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गरिने

सरकारले खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

अस्पतालको कुरुवाघरमा कर्मचारीको क्यान्टिन, चिसो भुईंमा कुरुवा

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कुरुवाघर बनेको सात वर्ष भइसकेको छ तर अस्पतालको लापरबाहीले बिरामीका कुरुवा खुला आकाशमुनि र चिसो भुईंमा बस्न बाध्य छन्।

सरकारी मेडिकल तथा नर्सिङ कलेजमा शिक्षक दरबन्दी थप्ने न्याम्सको निर्णय

मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।

माडीका गाईमा देखियो ‘क्यू फिवर’

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो। यो रोग मानिसबाट पशुमा तथा पशुबाट मानिसमा सर्ने गर्छ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको आग्रह

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्राकृतिक विपद्का बेला पानीजन्य रोग (झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (डेंगी, मलेरिया)को संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे।

१५ शय्याको मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

२०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो। दैनिक सरदर ४०० बिरामीले सेवा लिने गरेका छन्।

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'

गंगालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको हो।

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्न आउनेलाई अण्डा उपहार

रूपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम शुरूआत गरेको छ।

डेंगीबाट झापामा २ जनाको मृत्यु, कोशीमा १ हजार ६५ जना संक्रमित

कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासी आन्दोलित

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।

पर्वत अस्पतालमा ५ वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर र आईसीयू अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्।