जापानी औषधि निर्माता कम्पनी कोबायासी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता गरेको थियो।
अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।
अस्पतालमा प्रत्यारोपण सेवा शुरू भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो।
दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।
विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।
योजनाअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन।
नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।
नेपालमा हिमोफिलियाका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा मात्र गर्ने गरिएको छ।
ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै–हेर्दै धोबी परिवार आठ दिनपछि भारी निराशा बोकेर अस्पतालबाट बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते।
फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत उक्त उद्धार भएको हो।
उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ।
शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।
औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ।
वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।