AnonymousUser

Logout

बाँकेमा ९ महिनामा ११२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु

मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन्। 

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

लामो समयसम्म वर्षा नहुँदा चितवनमा विभिन्न किसिमका बिरामीको संख्या बढेको छ। बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको छ।

कोभिसिल्ड भ्याक्सिनले ‘साइड इफेक्ट’ गर्न सक्ने निर्माता कम्पनीको स्वीकारोक्ति

कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा रगत जम्ने जस्ता केही जोखिम हुन सक्ने स्वीकार गरेको छ।

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे।

मुटुरोग विशेषज्ञ अभावमा थन्किए उपकरण

मुटुरोग विशेषज्ञका लागि हेटाैँडा अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सकको आवेदन परेको थियो तर उमेरहदका कारण नियुक्ति दिइएन।

अस्पताल नजिक नहुँदा आगोपछि जोखिमसँग जुध्दै जलनका बिरामी

आगोमा जलेर घाइते हुने घटना धेरैजसो दुर्गम क्षेत्रमा बढ्दै गएको छ। जतिसक्दो चाँडै अस्पताल पुर्‍याएर प्राथमिक उपचार गराइहाल्नुपर्ने त्यस्ता बिरामीकाे उपचार र बचावट दूरीकै कारण चुनाैतीपूर्ण बन्दै छ। 

स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कारबाही गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ। 

कोशी प्रदेशका अस्पतालमा रगतको चरम अभाव

रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामीको उपचार प्रभावित बनेको छ।

निःशुल्क आँखा शिविरबाट १ हजार जना लाभान्वित

भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।

स्वास्थ्य उपकरण खरिदमा गोलमाल: स्वास्थ्य सेवा विभागको टेन्डरमै ‘फिक्सिङ’को आरोप

सरकारी स्वास्थ्य संस्थाहरूको आवश्यकताका आधारमा नभई मेसिन बिक्री गर्ने कम्पनीको सुविधाअनुसार खरिद प्रक्रिया अघि बढाएको विज्ञहरूको निष्कर्षलाई घटनाक्रमले पनि पुष्टि गर्छन्।

हेपाटाइटिसबाट विश्वभर दैनिक साढे ३ हजार मानिसको मृत्यु

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्।

सर्लाहीमा शल्यक्रिया सेवा शुरू भएसँगै प्रसूति सेवा लिने बढे

सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। हालसम्म १२ जनाले यो सेवा लिएका  छन्।

सरकारी अस्पतालका अनलाइन टिकट प्रणालीबारे सेवाग्राहीलाई छैन सूचना

सरकारी अस्पतालमा अनलाइन टिकट प्रणाली छ भन्ने थाहा नपाएको बिरामीको गुनासो छ। अस्पतालका कर्मचारी भने ‘टिकट काट्न सक्ने क्षमताको मान्छे नै नआउने’ दाबी गर्दै सोधपुछ काउन्टरसमेत खाली राखेर बसेका भेटिन्छन्।

मौसमी फ्लुका बिरामीले भरिए स्वास्थ्य संस्था

अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढ्दो छ। तर यहाँ एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।

डेंगीप्रति सचेतना अपनाउन आग्रह

डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्छन्

बच्चालाई ‘थेरापी’ र अभिभावकलाई तालिम नै अटिजमको उपचार, महँगो शुल्कले आर्थिक भार

विभिन्न अस्पताल र संस्थामा गई तालिम र थेरापी लिएपछि आफ्ना बालबालिकामा देखिएका परिवर्तनबाट अभिभावक उत्साही छन्। तर अटिजमसम्बन्धी प्रशिक्षण र उपचारको महँगो शुल्कले उनीहरूमा चिन्ता बढाएको छ।

लक्षण देखिनुभन्दा वर्षौं अगाडि नै शरीरमा क्यान्सरको संकेत देखिन सक्छः अनुसन्धान

मानव कोशिकाहरू ट्युमरको रूपमा विकास हुनुभन्दा धेरै वर्ष पहिले नै त्यसमा केही न केही परिवर्तनहरू देखिने गरेको अनुसन्धानले जनाएको छ।

कोभिड निगरानीका लागि डब्ल्यूएचओले शुरू गर्‍यो विश्वव्यापी सञ्जाल

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।

बालबालिकामा हुने क्यान्सरको लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति

नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ। यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ