AnonymousUser

Logout

३ वर्षमा बन्नुपर्ने अस्पताल भवन ७ वर्षसम्म पनि बनेन, बिरामीको उपचार प्रभावित

योजनाअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन। 

नेपाल औषधि लिमिटेडले थप ३ औषधि उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।

हिमोफिलियाका बिरामी उपचारको पहुँचबाहिर 

नेपालमा हिमोफिलियाका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा मात्र गर्ने गरिएको छ।

वीर अस्पतालको चिसो छिँडीमा ८ रात कुर्दा पनि उपचार नपाई फर्किनुपर्‍यो

ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै–हेर्दै धोबी परिवार आठ दिनपछि भारी निराशा बोकेर अस्पतालबाट बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते। 

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौँ महानगर

फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।

हालसम्म ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार, कर्णालीबाट सबैभन्दा धेरै

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत उक्त उद्धार भएको हो।

देशभर कुष्ठरोगका २१ सय बिरामी फेला, काठमाडौँमा मात्रै ११० जना

उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ।

पित्तथैलीको शल्यक्रिया गर्नुपर्नेमा डाक्टरले स्थायी बन्ध्याकरण गरिदिएपछि

शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।

‘खानेकुरा खानुअघि ‘लेबल’ हेर्न अत्यावश्यक’

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।

न्यून गुणस्तरका ३ औषधि बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।

टीकापुर अस्पतालमा ४ वर्षमा २ हजार महिलाको पाठेघरको शल्यक्रिया

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। 

काठमाडाैँ महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ।

औषधि उत्पादन र व्यापार दुवै घटेपछि संकटमा सिंहदरबार वैद्यखाना

वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।

वीर अस्पतालको फार्मेसीमा बिनाप्रतिस्पर्धा औषधि खरिद

अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।

जब नौ वर्षीय बालकले हजुरबुवालाई भने– ‘मेरो कान हालिदेऊ’

तीन वर्षअघि आगोमा परेर शरीरको दाहिने भाग जलेको थियो। जलनको घाउ निको हुँदै गर्दा ज्यानको खत हेरेर समाजले अनेक लाञ्छना लगायो। त्यसबाट झन् बढी जलेको मन बिस्तारै बलियो हुँदैछ।

हिमाली जिल्लामा खोप लगाउन चुनौती

भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।

त्रिवि शिक्षण अस्पतालमा १२औँ बिरामीमा कलेजो प्रत्यारोपण

डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।

सुन्न नसक्नेका लागि ‘वरदान’ बनेको उपचार प्रविधिः कक्लिअर इम्प्लान्ट

जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्। 

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ। 

एपीएफ अस्पतालमा ‘अन्कोलोजी युनिट’ स्थापना

महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएका छन्।