स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनिक प्रणालीको कमजोरीका कारण बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता गुनासा आउने गरेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको बताए।
अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बोर्डले जनाएको छ।
अनुगमनमा कडाइ गर्दै निजी अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य बीमा कार्यक्रमका लागि समन्वय गर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन्।
सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो।
कैलालीको गाैरीफन्टा नाका भएर भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको छ।
जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।
अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आईसीयू), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेसथेसिया वर्कस्टेसन प्रयोग नै नभई थन्किएका छन्।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
काठमाडौँका चार युवा मिलेर दुर्घटनामा परेका वा कुनै रोग लागेका व्यक्तिहरूलाई सहयोग जुटाउन उनीहरूका घाउ या रोगको अवस्थालाई कलात्मक ‘पेन्टिङ’मा उतारिरहेका छन्।
एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरूपछि यही वर्ष विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन पनि पाएको छ।
गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।
२०६९ सालयता डा. केसीले गर्दै आएको सत्याग्रहकै कारण चिकित्सा शिक्षामा शुल्कको दायरा निर्धारण र योग्य विद्यार्थीले सहुलियतपूर्वक एमबीबीएस पढ्न पाउने सुविधा सुनिश्चित भएको छ।
आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।
यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।