अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।
तीन वर्षअघि आगोमा परेर शरीरको दाहिने भाग जलेको थियो। जलनको घाउ निको हुँदै गर्दा ज्यानको खत हेरेर समाजले अनेक लाञ्छना लगायो। त्यसबाट झन् बढी जलेको मन बिस्तारै बलियो हुँदैछ।
भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।
डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्।
सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ।
महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएका छन्।
चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलले मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको बताए।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।
एनआईसीयूमा ६ दिन उपचार गर्दा औसतमा प्रतिबिरामी १८ हजार ४९० खर्च हुने र अपुग १० हजार ४९० रुपैयाँ अस्पतालले नै बेहोर्दै आएको अध्ययनले देखाएको छ।
पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर बढी देखिने गरेको छ।
क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।
हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।
नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।
गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।
नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।
मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्।
स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।
१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।