AnonymousUser

Logout

स्वास्थ्य बीमा गरेकाले अब १० प्रतिशत रकम तिर्नुपर्ने

अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमामा फेरि समेटिँदै निजी अस्पताल, बोर्ड भन्छ– सरकारी वा निजी भनेर छुट्याइँदैन

अनुगमनमा कडाइ गर्दै निजी अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य बीमा कार्यक्रमका लागि समन्वय गर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन्।

भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा–रुवेलाविरुद्ध खोप

सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो। 

भारतबाट फर्किएकामा कोरोना संक्रमण

कैलालीको गाैरीफन्टा नाका भएर भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको छ।

बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।

कोरोनाकालमा अनुदानमा आएका २१८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन

अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आईसीयू), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेसथेसिया वर्कस्टेसन प्रयोग नै नभई थन्किएका छन्।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन: मन्त्रालय

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

दुर्घटनाका घाइते र बिरामीलाई आशा जगाउने ‘सञ्चो पेन्टिङ’ 

काठमाडौँका चार युवा मिलेर दुर्घटनामा परेका वा कुनै रोग लागेका व्यक्तिहरूलाई सहयोग जुटाउन उनीहरूका घाउ या रोगको अवस्थालाई कलात्मक ‘पेन्टिङ’मा उतारिरहेका छन्।

२०२३ मा स्वास्थ्यः एआईमार्फत मुटुको स्वास्थ्य जाँचदेखि सिकलसेलको उपचारमा नयाँ आयामसम्म

एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरूपछि यही वर्ष विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन पनि पाएको छ।

गुल्मी अस्पतालमा २ वर्षदेखि आईसीयु भवन प्रयोगविहीन

गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।

डा. केसीका २१ अनशनः माग कस्ता थिए, उपलब्धि के के भए?

२०६९ सालयता डा. केसीले गर्दै आएको सत्याग्रहकै कारण चिकित्सा शिक्षामा शुल्कको दायरा निर्धारण र योग्य विद्यार्थीले सहुलियतपूर्वक एमबीबीएस पढ्न पाउने सुविधा सुनिश्चित भएको छ।

बढ्दै छ निःसन्तान बन्ने डर

आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।

नेपालमा कोभिडको नयाँ भेरिएन्ट फेला परेको छैन: स्वास्थ्य मन्त्रालय

यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर: उपचार पाउँदा दंग छन् स्थानीय

गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ। 

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

वीरगन्जस्थित श्रीराम अस्पतालमा मिन्कुदेवीले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी छन्। 

अमेरिकामा ‘जीन इडिटिङ थेरापी’लाई स्वीकृति, सिकलसेलका बिरामीमा छायो आशा

अमेरिकाको ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो। 

१०० आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो।

अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।

सरकारले सेवानिवृत्त सुविधामा शोषण गरेको स्वयंसेविकाहरूको आरोप

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।

१ वर्षपछि आँखाको ज्योति फर्किँदा…

निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।