स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ।
रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामीको उपचार प्रभावित बनेको छ।
भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।
सरकारी स्वास्थ्य संस्थाहरूको आवश्यकताका आधारमा नभई मेसिन बिक्री गर्ने कम्पनीको सुविधाअनुसार खरिद प्रक्रिया अघि बढाएको विज्ञहरूको निष्कर्षलाई घटनाक्रमले पनि पुष्टि गर्छन्।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। हालसम्म १२ जनाले यो सेवा लिएका छन्।
सरकारी अस्पतालमा अनलाइन टिकट प्रणाली छ भन्ने थाहा नपाएको बिरामीको गुनासो छ। अस्पतालका कर्मचारी भने ‘टिकट काट्न सक्ने क्षमताको मान्छे नै नआउने’ दाबी गर्दै सोधपुछ काउन्टरसमेत खाली राखेर बसेका भेटिन्छन्।
अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढ्दो छ। तर यहाँ एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।
डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्छन्
विभिन्न अस्पताल र संस्थामा गई तालिम र थेरापी लिएपछि आफ्ना बालबालिकामा देखिएका परिवर्तनबाट अभिभावक उत्साही छन्। तर अटिजमसम्बन्धी प्रशिक्षण र उपचारको महँगो शुल्कले उनीहरूमा चिन्ता बढाएको छ।
मानव कोशिकाहरू ट्युमरको रूपमा विकास हुनुभन्दा धेरै वर्ष पहिले नै त्यसमा केही न केही परिवर्तनहरू देखिने गरेको अनुसन्धानले जनाएको छ।
कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।
नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ। यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ
जापानी औषधि निर्माता कम्पनी कोबायासी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता गरेको थियो।
अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।
अस्पतालमा प्रत्यारोपण सेवा शुरू भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो।
दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।
विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।