AnonymousUser

Logout

७१ जिल्लामा फैलियो डेंगी संक्रमण

गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।

अत्यधिक गर्मीसँगै बाँकेमा बढे छालाका बिरामी

बढ्दो गर्मीसँगै शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।

तराईमा अत्यधिक गर्मीका कारण खोप अभियान प्रभावित

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। 

काठमाडौँ महानगरमा असहायको उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

२०८० फागुनबाट शुरू गरिएको उक्त सेवाबाट अहिलेसम्म ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा उपत्यका बाहिरका नागरिक बढी रहेका छन्।

सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा

छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिकसत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए।

शल्यक्रियाका लागि महिनौँ कुर्नुपरेको गुनासोबारे अध्ययन गर्न समिति गठन

स्वास्थ्यमन्त्री प्रदीप यादवले अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउन समिति गठन गरिएको बताए।

त्रिवि अस्पताल परिसरमा सञ्चालित २ फार्मेसीमा तालाबन्दी

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

बाँकेमा गर्मीले पोलियोविरुद्धको खोप अभियान प्रभावित

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।

झन्डै २ लाखमा परीक्षण गर्दा १ हजार ५ सय भन्दा बढीमा एचआईभी संक्रमण

नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।

मनोविशेषज्ञको व्यवहारले बिरामीमा तनाव बढाउँदै त छैन?  

मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्ति उपचारका लागि मनोचिकित्सक या मनोवैज्ञानिक परामर्शदाताकहाँ पुग्छन्। तर त्यस्ता कतिपय विशेषज्ञको अव्यावसायिक अभ्यास र गलत व्यवहारले बिरामीलाई थप पीडा दिइरहेको छ।

कोरोनाको ‘केपी–१ र केपी–२’ भेरिएन्ट कति खतरनाक? 

धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्। सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो।

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

डेंगी ५७ जिल्लामा फैलियो, सचेतना अपनाउन आग्रह

डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।

जडान नै गरिएनन् संघीय अस्पतालमा आएका १४ प्रतिशत स्वास्थ्य उपकरण

संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको भनाइ छ।

वीर अस्पतालको बर्न वार्ड : नौ वर्षअघि बन्द, पुनः सञ्चालनमा निरन्तर विलम्ब

२०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट बन्द भएको पनि नौ वर्ष बितिसक्यो। पुनः सञ्चालनमा आउन नसक्नुको कारण अस्पतालका चिकित्सकहरूलाई समेत थाहा छैन। 

अंगदाताको प्रतीक्षामा मिर्गौला र कलेजोका बिरामी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।

एस्ट्राजेनेकाले विश्वभरबाट 'कोभिसिल्ड' भ्याक्सिन फिर्ता लिने

कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउँछ। सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने बताइएको छ।