AnonymousUser

Logout

नरैनापुरमा झाडापखालाबाट ४ जनाको मृत्यु, ७ बिरामी

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।

बजेट अभावले बागलुङमा पालिकास्तरीय २ अस्पताल अलपत्र

बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ।

उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको विषयमा छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ।

अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।

मंकीपक्स संक्रमणको जोखिममा नेपाल, विमानस्थल तथा सीमानाकामा बढाइँदै निगरानी

स्वास्थ्य मन्त्रालयले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा यस वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एक जनाको मृत्यु भएको छ।

क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ। 

दुर्गममा छैनन् विशेषज्ञ चिकित्सक, किन दिँदैनन् लोकसेवा परीक्षा?

पछिल्लो पटक लोकसेवा आयोगले विभिन्न विशेषज्ञ चिकित्सकतर्फ १६ जनाको माग गर्दा कुनै आवेदन परेन। विशेषज्ञ चिकित्सकको विज्ञापनमा पटकपटक दरखास्त शून्य हुँदा दुर्गममा भने उपचार नपाउने अवस्था छ।

देशभर हैजा संक्रमितको संख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

देशभर २ हजार ६१ जनामा डेंगी संक्रमण, सबैभन्दा बढी काठमाडौँमा 

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ।

चितवनमा फैलिँदै डेंगी,  ६४ जना संक्रमित

नेपालमा पहिलो पटक डेंगी सन् २००४ मा चितवनमा देखिएको थियो। घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो।

७३ जिल्लामा फैलियो डेंगी संक्रमण, उपत्यकामा २५५ जना संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

उदयपुरको त्रियुगा क्षेत्रमा बढे भाइरल ज्वरोका बिरामी

बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। 

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल

वीर अस्पतालले सामग्री खरिद र जनशक्ति व्यवस्थापनको प्रक्रिया सकिएसँगै आउँदो भदौभित्रै बर्न वार्ड पुनः सञ्चालनमा आउने तयारी गरेको छ।

कैलालीमा १ हजारभन्दा बढीमा डेंगीको संक्रमण, सतर्कता अपनाउन आग्रह

कैलालीमा गत वर्ष डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ।

डेंगी संक्रमणले यसपालि झन् ठूलो रूप लिनसक्ने अनुमान, नियन्त्रणको लागि तयारी अवस्थामा छौँः मन्त्रालय

वर्षात‍्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि  सम्भावित  सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ।

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ। 

सुदूरपश्चिममा बढ्दै डेंगी संक्रमित, पहाडी जिल्ला पनि प्रभावित

तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।