काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।
बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।
नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।
मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्ति उपचारका लागि मनोचिकित्सक या मनोवैज्ञानिक परामर्शदाताकहाँ पुग्छन्। तर त्यस्ता कतिपय विशेषज्ञको अव्यावसायिक अभ्यास र गलत व्यवहारले बिरामीलाई थप पीडा दिइरहेको छ।
धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्। सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।
डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।
संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।
पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको भनाइ छ।
२०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट बन्द भएको पनि नौ वर्ष बितिसक्यो। पुनः सञ्चालनमा आउन नसक्नुको कारण अस्पतालका चिकित्सकहरूलाई समेत थाहा छैन।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।
कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।
विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउँछ। सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने बताइएको छ।
मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन्।
लामो समयसम्म वर्षा नहुँदा चितवनमा विभिन्न किसिमका बिरामीको संख्या बढेको छ। बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको छ।
कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा रगत जम्ने जस्ता केही जोखिम हुन सक्ने स्वीकार गरेको छ।
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।
अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे।
मुटुरोग विशेषज्ञका लागि हेटाैँडा अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सकको आवेदन परेको थियो तर उमेरहदका कारण नियुक्ति दिइएन।
आगोमा जलेर घाइते हुने घटना धेरैजसो दुर्गम क्षेत्रमा बढ्दै गएको छ। जतिसक्दो चाँडै अस्पताल पुर्याएर प्राथमिक उपचार गराइहाल्नुपर्ने त्यस्ता बिरामीकाे उपचार र बचावट दूरीकै कारण चुनाैतीपूर्ण बन्दै छ।