AnonymousUser

Logout

भारतले महाकालीमा तटबन्ध बनाउन खोजेपछि दार्चुलामा ढुंगा हानाहान

भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ। 

सिक्लेस-अन्नपूर्ण केबलकारको निर्माण प्रक्रिया रोक्न माग

सरकारले आईएमई समूहका चन्द्र ढकालको सिक्लेस अन्नपूर्ण केबलकार निर्माणका लागि स्वीकृति दिइसकेको छ।

बीपी उद्यान बनाउनुपर्ने जग्गामा वीरगन्ज महानगरकै मनपरी

दुई दशकअघि बीपी उद्यान बनाउन दिइएको जग्गामा व्यापार चलिरहेकै बेला वीरगन्ज महानगरले समेत सशुल्क पार्किङ बनाउन ठेक्का दिएपछि उच्च अदालतले उद्यान निर्माणबाहेक काममा रोक लगाएको छ।

माया लुहार हत्याका आरोपी सशस्त्र जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की माया लुहारको हत्या आरोपमा २२ वर्षीय भरतराम कोली पक्राउ गरेका छन्।

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना हुँदा मृत्यु भएकाे छ।

पशुपतिमा बलजफ्ती : ८२ वर्ष पुरानो धर्मशालामा डोजर चलाउने अनधिकृत प्रयास

राणाकालमै बनेको र तत्कालीन काठमाडौँ नगरपालिकाबाट नक्सापास भएको गौशाला/धर्मशालामा डोजर चलाउने प्रयास गर्ने पशुपति विकास कोषका सदस्य-सचिव मिलन थापालाई पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।

सुकुमबासीबारे भूमि आयोग र काठमाडौँ महानगरबीच 'जुहारी'

काठमाडौँमा अव्यवस्थित रूपमा बसोबास गरेकाहरूलाई हटाउन विषयलाई लिएर काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच टकराब बढेको छ।

आज देशभरको माैसम सफा रहने

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।

ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, धनगढी तनावग्रस्त

बिहीबार कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ।

आफैँले गरेको सम्झौता मिच्दै सुकुमबासी बस्ती पुगेका मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।

आफैँले गरेको सम्झौता मिच्दै सुकुमबासी बस्ती पुगेका मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।

बंगलादेश डाइभर्ट भएको नेवानिको जहाज पुनः थाइल्यान्ड उड्दै

काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी

गोदावरीको लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको गोदावरी-५ का वडाध्यक्ष मिलन सिलवालले बताए।

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। यी कम्पनी अब सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन्।

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाए प्राधिकरणले नै हटाउने

उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ। उक्त सयममा संरचना नहटाइए प्राधिकरण आफैँ हटाउने र त्यसबापतको लागत सम्बन्धित संरचनाधनीबाट असुल्ने चेतावनी समेत दिएको छ।

कस्तो छ आजको मौसम?

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायतका केही भू-भागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सफा रहने छ।

सुकुमबासी बस्तीमा डोजर : महानगर र मेयरको अर्को उट्पट्याङ

विधिभन्दा बल प्रयोगमा रुचि देखाइरहेका काठमाडौँ महानगरका मेयर बालेन साह सुकुमबासी बस्तीमा डोजर चलाउने अग्रसरताले अर्को विवादमा मुछिएका छन्।

सुकुमबासी बस्तीबारे भूमि आयोगले भन्यो- काठमाडौँ महानगर एकलौटी अघि बढ्यो

राष्ट्रिय भूमि आयोग काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमबासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।

बालेनविरुद्ध सुकुमबासीको नाराबाजी (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले बस्ती खाली गराउन थालेपछि सुकुमबासीहरू आन्दोलित भएका छन्। उनीहरूले मंगलबार महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन्।