AnonymousUser

Logout

१० महिनादेखि कामुका भरमा सर्वोच्च, कहिले नियुक्त हुन्छन् प्रधानन्यायाधीश?

संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्का सदस्यकै टुंगो नलाग्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश आउन ढिला हुने भएको छ।

चुरे विनासले बस्ती नै सखाप

धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।

मनाइयो पाँचाैँ राष्ट्रिय झण्डा दिवस

संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही  दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ। 

पाँचपोखरी क्षेत्रबाट ५ क्विन्टल फोहोर संकलन

पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।

तराईमा हुस्सु र कुहिरो, प्रदेश–१ मा वर्षाको सम्भावना

शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१ को पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

काठमाडौँ महानगरले डबली सभ्यतालाई पुनर्जागृत गर्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाभित्रका डबलीहरूलाई पुनर्जागृत गरी जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जभित्र दुई दिनको अवधिमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

हरेक वर्ष १८ डिसेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यसवर्ष सप्ताहव्यापी रूपमा मनाइने भएको हो। दिवसमा सरोकारवालाहरूको सहभागिता रहने छ।

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।

पाल्पामा कालीगण्डकी करिडोर निर्माण शुरू 

सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।

नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।

नारायणगढ–मुग्लिनखण्ड : १५ पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।

पश्चिम तराईमा शीतलहर, जनजीवन प्रभावित

कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरू भएको छ। हुस्सु र शीतलहरका कारण सडकमा गाडी र मानिसको आवतजावत पातलिएको छ।

काभ्रे दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस मंगलबार साँझ चलाल गणेस्थानमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ। जसमध्ये चार जनाकाे अझै परिचय खुलेकाे छैन।

काभ्रे बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

काभ्रे बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो, २२ जना घाइते

काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ भने २२ जना घाइते भएका छन्।

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताए।

आममाफी दिने अध्यादेश खारेज गर्न नेपाल प्रहरीका १३ पूर्वआईजीपीको माग‍

नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरूले अध्यादेशले बहालवाला तथा पूर्वसुरक्षाकर्मी र उनीहरूका परिवारलाई हतोत्साहित र निराश बनाएको बताएका छन्।

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी आवागमन रोकिने

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ।