AnonymousUser

Logout

दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण गरिँदै

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको यन्त्रिक परीक्षण थालेको छ। सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।

सञ्चालन भएको दुई दशकपछि हिले–खाल्सा सडक कालोपत्रे

धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा २०५८ सालदेखि सञ्चालनमा आएको सडककाे १० किमी कालाेपत्रे गर्ने कार्य ७० प्रतिशत सकिएकाे छ।

विराटनगरलाई डुबानमुक्त बनाउन एडीबीले थाल्यो अध्ययन 

विराटनगर महानगरपालिकाले डुबानकाे दीर्घकालीन समाधान खाेज्न एसियाली विकास बैंकसँग सहकार्य गरेर सम्भाव्यता अध्ययन थालेकाे छ।

भूमि आयोगले बुधबारदेखि लगत संकलन पुनः सुचारु गर्ने 

राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणका लागि दोस्रो पटक लगत संकलन गर्न लागेको सूचनामा उल्लेख छ।

जाजरकोट दुर्घटना : एकै वडाका आठसहित १२ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिका–४ भल्कुवाबाट विवाहका पाहुना लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा एकै वडाका आठसहित १२ जनाको मृत्यु भएको छ।

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो 

जिपमा सवार १२ जनामध्ये ११ जनाको मृत्यु भएको छ भने छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्।

जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका-३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

मेलम्ची खानेपानीको पाइप फुट्दा सास्ती

मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ।

काठमाडौँमा चिसो बढ्यो

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।

धनुषामा धारिलो हरियार प्रहार गरी एक जनाको हत्या

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

काठमाडौँ महानगर दिवसका अवसरमा वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान संगठनलाई क्षेत्रीय विभाजन गरिएको छ।

ठगी र किर्ते गरेको आरोपमा ८ जना पक्राउ

राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बागमती सफाइको ५०० हप्ता पूरा : निकालियो २० हजार टन फोहर

नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्रका जवानको मृत्यु

चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।

जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।

देशभरकाे तापक्रम घट्दै जाने, सावधानी अपनाउन आग्रह

जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।

कालीकोटमा डोजर दुर्घटना : ज्यान गुमाउनेको संख्या ३ पुग्यो

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।

वाम आन्दोलनका पुराना नेता केशरमणि पोखरेलको निधन 

नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।