AnonymousUser

Logout

नयाँ सांसद्हरूलाई स्वागत गर्न सिंहदरबारमा तयार हुँदै ९ अर्ब ६० करोडको भवन

अब आउने सांसद्हरूले तुरुन्तै भने भवन प्रयोग गर्न पाउने छैनन्। गएको असोजमै निर्माण सकिनुपर्ने भए पनि अझै दुई वर्षसम्म लाग्न सक्ने संसद् सचिवालयले जनाएको छ।

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा, ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने प्रक्रिया थालेपछि त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेका ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरूले बालेन शाह ‘विद्यासुन्दर पथ’मा गएको आरोप लगाएका छन्।

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ।

सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौंको सुकेधारामा ट्रकले ठक्कर दिँदा माेटरसाइकलमा सवार पर्सा ठोरी–७ का कुमार राई र राईकी श्रीमती मेनुकाको मृत्यु भएकाे हाे।

सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए 

खुआयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का हिमपात हुने

शनिबार दिउँसाे प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वीरगन्जमा नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ

कलैया– १८ का अमिरी राउत र वीरगन्ज–१६ इनर्वाका राजन सिंहकाे साथबाट प्रहरीले १० हजार वटा नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ।

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङकाे बबई गाउँपालिका– १ क्विरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका छन्।

शुक्रबार देशभरको माैसम सफा रहने 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौंमा मदिरा बिक्री र सेवनमा रोक

काठमाडौं प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेबाट मदिरा खरिद-विक्री र सेवनमा रोक लगाएको छ। सूचना परिपालना नगरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

भारतबाट स्वदेश फर्किने नेपाली भन्छन् : रोजगारी सिर्जना गर्नेलाई मत

मंसिर ४ मा हुने निर्वाचनमा मतदान गर्न भारतबाट स्वदेश फर्किएहरूले गाउँ ठाउँमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गरेका छन्।

बागमती सभ्यताविरुद्ध सुकुम्वासीहरू आन्दाेलित (तस्वीरहरू)

सुकुम्वासी तथा भूमिहीनहरू माइतीघरमा भेला भएर ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर पुगेर कोणसभा गरेका छन्। 

काठमाडौँको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडाै महानगरले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालेकाे छ।

आज रातिदेखि मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि सरकारले मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध निषेध गरेकाे हाे।

माैसममा बदली : प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा …

नेपालगन्ज विस्फोट : विप्लव समूहका कार्यकर्ता घाइते भएको प्रहरीको भनाइ

बाँके प्रहरीका अनुसार कुकर बम विस्फोटमा परी घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसीसहित दुईजना रहेका छन्।

नेपालगन्जमा विस्फोट, दुईजना घाइते

नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको प्रहरीले जनाएको छ।

भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रम स्थलनजिकै विस्फोट

चुनावी सभालाई नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने‍ तय गरिएको थियो।

बानेश्वरको एउटै भवनबाट काठमाडौं महानगरले हटायो ४३ वटा बोर्ड 

महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ। 

भक्तपुरमा आगलागी, एक जनाको मृत्यु

मध्यपुर थिमि नगरपालिका– ६ माथिल्लो कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जल्दा २५ वर्षीया छोरी अस्मिता कसीकाे मृत्यु भएकाे छ।