AnonymousUser

Logout

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, छेउछाउमा फोहोरको थुप्रो

फोहोरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन्।

५ वर्षमा चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

तनहुँमा ५ वर्षको अवधिमा चितुवाको आक्रमणमा परी १४ जना बालबालिकाको मृत्यु तथा १९ जना घाइते भएका छन्।

नेपाल आयुर्वेदका लागि उचित गन्तव्य : प्रधानमन्त्री

सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट अध्ययन अनुसन्धान गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

स्ववियु निर्वाचन : शुक्रबार विद्यार्थी संगठन दर्ता गर्नुपर्ने

चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ। 

प्रहरीले भन्यो– आफन्त वा चिनजानका व्यक्तिसँग मात्र होली खेल्नू 

रेलिङ नभएको छत तथा सडकमा र महंगा गरगहना लगाएर होली नखेल्न प्रहरीको अनुरोध छ।

साइबर सुरक्षा नीति बनाउन सञ्चार मन्त्रालयले गठन गर्‍यो उच्चस्तरीय कार्यदल

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए।

देशभरका नागरिकले राष्ट्रिय परिचयपत्रको आवेदन दिने पाउने गरी काठमाडौँमा थपियो ५ केन्द्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ केन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको प्रक्रियालाई सहज बनाएको छ।

नेपाल आउने विदेशी पर्यटक आफूखुशी घुम्न नपाउने, ‘सुरक्षाका लागि’ पथप्रदर्शक अनिवार्य

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरेको छ।

चैत्य फोरेर बुद्धको मूर्ति चोरी

ललितपुर गोदावरी-११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।

दुई वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ

आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।

पोखरा विमानस्थल सञ्चालनपछि यात्रुलाई सास्ती : न सार्वजनिक यातायात, न तोकियो भाडादर

पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।

कस्तो छ आजको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ। 

१०० वर्ष पुरानो श्रीमहलको अस्तित्व संकटमा, कसले गर्दैछ मास्ने प्रपञ्च?

रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई रिहा गर्न सर्वोच्चको आदेश

ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

पृथ्वीबहादुर शाहमाथि चारवटा मुद्दा चलाउन रायसहित सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

सीआईबीले शंकास्पदरूपमा विदेशबाट रकम भित्र्याएको लगायतका अभियोगमा व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।

युद्धमा लाग्दा सर्वसुलभ उपचारको सपना देखेका सरल सुमन, उपचार गर्न आफैँ जग्गा बेच्दैछन् 

गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्। 

पहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

यस वर्षको हिउँदमा अधिक खडेरी, विपद्का घटनाबाट सचेत रहन आग्रह

आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।

ठगी रोक्न भन्दै सुनसरी प्रशासनले गर्‍यो कार्यालय प्रवेशमा कडाइ

सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।