दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको छ।
बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।
अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।
बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने विज्ञहरूले बताएका छन्।
पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।
सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ।
बस दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।
ओखलढुंगाबाट काठमाडौँ आइरहेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठकाे भनाइ छ।
उदयपुरको रौतामाई–८ पाखाटोल स्थित रामबहादुर मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच जना डीआईजीहरूलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न र त्यहाँबाट बीपीको सालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएपछि ट्राफिक जाममा फसेका सर्वसाधारणले हर्न बजाएर असन्तुष्टि पोखेका छन्।
बिहीबार श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने छ।
काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनुपर्ने र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही 'केही हुँदैन' भनेर ढाडस दिन थाले।
काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ विमानमा फायर इन्डिकेसन देखिएपछि काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।
राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।