उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।
दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ।
दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।
कानुनले वर्जित गरेका फोहोर साइटमा पुर्याएकाले सुनौलो नेपाललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगरका वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।
माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा देखिने गरी बनाइएको सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
उपत्यकाका स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी कार्यसम्पादन गरेमा उपत्यकाको अव्यवस्थित बसोबासीको समस्या समाधान हुने समितिको निष्कर्ष छ।
तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी हुँदा १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ।
धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी दिलीप महतो हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाएको छ।
पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच हात्ती मारिएपछि वन मन्त्रालयले बनाएको अध्ययन कार्यदलले मान्छे र हात्तीबीचको द्वन्द्व रोक्न सरकारी संयन्त्र नै असफल भएको निष्कर्ष निकालेको छ।
प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।
सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्चमा निवेदन दिएका छन्।
चक्रपथको दोस्रो खण्ड विस्तारमा भएको प्रगति तथा अवरोधबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण पक्ष चिनियाँ टोलीले संयुक्त अनुगमन गरेको छ।
हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालको भनाइ छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान शुरू हुने भएको छ।
आवाससम्बन्धी नियमावली नबन्दा राज्यका निकायहरूले स्वेच्छाचारी ढंगले पटकपटक सुकुमवासी बस्तीमा ज्यादती गर्ने गरेका छन्।