अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएको छ।
प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले श्रमिक महिलालाई छुन सकेको छैन।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरिएको छ।
दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कतारकी राजकुमारी अल थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्।
वन्यजन्तुको हैरानीबाट छुटकारा दिलाउन सरकारले विशेष निर्णय गरेर मकवानपुरको मनहरीस्थित रमौलीका ३६३ परिवारलाई १० वर्षअघि स्थानान्तरण गरे पनि न बाली जोगिएको छ, न त ज्यानको जोखिम नै टरेको छ।
प्रहरीले होलीलाई व्यवस्थित बनाउन तथा अराजक गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाइ गरेको हो।
सडक निर्माण गुणस्तरीय नभएको भन्दै तम्घास–रेसुङ्गा सडकखण्डमा भइरहेको कालोपत्रेको काम स्थानीयले रोकेका छन्।
रास्वपा सांसद सुमना श्रेष्ठले बाल संगठनको जग्गा हिनामिनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै सरकारसँग सूचना माग गरेकी छन्।
इन्टरनेट फाइबरमा आएको समस्याका कारण अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा पुनः सञ्चालनमा आएको छ।
पुस ५ गतेदेखि दिउँसोको समयमा ४ घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडक खण्ड आइतबारदेखि बन्द नहुने भएको छ।
चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर, चौपायालाई आहाराको समस्या छ। भोकले चौपायाले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्।
धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र खुवाउन समस्या भयो। त्यसपछि अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर ‘कटन क्यान्डी’ बनाउने मेसिन किनिन्।
७७ वटै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए।
दिउँसो देशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।