पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ।
आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने बागलुङ ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल भवनको निर्माण अहिलेसम्म पनि शुरू भएको छैन।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट भावी राष्ट्रपति उम्मेदवारबारे पार्टी कमिटीमा छलफल चलाएका छैनन्। आफूले चाहेको पात्रलाई नै राष्ट्रपतिमा अघि सार्न प्रधानमन्त्रीसँग उनी एक्लै निरन्तर छलफलमा छन्।
आमाको दुध सेवन गर्न नपाएका वा नसकेका नवजात शिशुका लागि अन्य सुत्केरीले दान गरेको दुध खुवाउन थापाथलीस्थित प्रसूति अस्पतालले ‘अमृत कोष’ शुरू गरेको छ।
नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातन्त्रकाे स्थापना भएकाे थियो।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।
ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ।
दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।
दिउँसो प्रदेश १ मा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने छ।
सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोसाक र त्यतिकै संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रमा धाइधाइ पुग्ने मेयर बालेन शाह सम्बोधन गर्नुपर्ने जनताको गुनासो सुन्दैनन्। आफूमाथि उठेका प्रश्नको जवाफ दिँदैनन्।
प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।
नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार जना पूर्व प्रमुखहरू काठमाडौँ आइपुगेका छन्।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीको आज दुई वटा सामान्य शल्यक्रिया गर्ने तयारी छ।
दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ग्यास बिक्रेता महासंघका अनुसार अहिले ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। ती सिलिन्डरको गुणस्तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादीहरू बताउँछन्।
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।