AnonymousUser

Logout

कञ्चनपुरमा दशगजा क्षेत्र खाली गराउन थालियो

दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमामा दुवै देशतर्फ दशगजा मिचेर लामो समयदेखि खेती लगाइएको थियो। यसरी गरिएको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।

भारतमा उपचाररत् राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नाका नखुल्दा संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव

किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।

भूकम्पपछि बनेको नयाँ भवनसंहिता : फितलो कार्यान्वयनले टरेको छैन जोखिम

भूकम्पको पाँच वर्षपछि भवन निर्माणको नयाँ संहिता लागू भएको छ, तर ठूला संरचना र शहरका कोर क्षेत्रका घर अझै पनि नक्सा पास नगरी बनाउँदा जोखिम कायमै छ।

फ्लाइ दुबई घटनामा बाझियो बयान : चरा ठोकिएको ‘झुटो’ जानकारी दिने फ्लाइ दुबईका दुई म्यानेजर कारबाहीमा

फ्लाई दुबईको विमानमा 'चरा ठोक्किएको' भन्ने एयरलाइन्सका प्रवक्ताको बयानमा नागरिक उड्डयन प्राधिकरणले प्रश्न उठाउँदै एयरलाइन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ।

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा  मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, २४ वर्षीय राजकुमार प्रजा र चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।

गोरखा भूकम्पको ८ वर्ष पूरा, अझै पनि बनेन स्मृति उद्यान

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज बिदा दिएको छ। गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। 

इन्जिनमा समस्या देखिएको फ्लाइ दुबईको विमान गन्तव्यतिर जाँदै, आपतकालीन अवतरण गरिएन

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले फ्लाइ दुबईको जहाज दुर्घटनाबाट बचेको बताए। विमानले महेन्द्रनगर सीमा पार गरिसकेकाले विमान नर्मल अवस्थामा रहेको आफूहरूले ठानेको उनको भनाइ छ।

सिंहदरबारको फोहोर १८ दिनपछि उठ्यो

सिंहदरबार लगायतका स्थानको १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने काठमाडौँ महानगरले जनाएको छ।   

गाउँपालिकामा भन्दा नगरपालिकामा बस्नेको संख्या बढी

नेपालमा कूल परिवारमध्ये पुरुष परिवारमूली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमूली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ।

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३८ घाइते

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पाँचथरमा ट्याक्सी दुर्घटना : १ जनाको मृत्यु, ५ गम्भीर

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।

पार्क निर्माणका नाममा सामुदायिक वनको दोहन

धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्। 

‘भिक्टोरिया क्रस’ विजेता क्याप्टेन रामबहादुर लिम्बूको निधन

लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।

तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो

महाकालीपारि भारतीय सडक प्रयोग गरेर घर फर्किंदै गरेकी आमालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा नदीमा खसेका थिए।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।

शनिबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।