AnonymousUser

Logout

बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको सनाखत, ३ जनालाई नेपालगन्ज लगियो

ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको पहिचान खुलेको छ। गम्भीर अवस्थामा रहेका तीन जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

ठमेलबाट १ किलो कोकिनसहित भारतीय र केनियन नागरिक पक्राउ

बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।

जाजरकोटमा बेलिब्रिज भाँचिँदा ९ जना घाइते

जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्।

अन्नपूर्ण हिमालमा हराएका भारतीय आरोही ३ दिनपछि भेटिए, अवस्था गम्भीर 

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। 

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान मृत्यु

दुर्घटनामा गौशाला नगरपालिका–११ का श्रवणकुमार महतो र विक्रम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ करोड ‘ठगी’, १० जना पीडित सम्पर्कमा 

भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकलाई ठगेको पाइएको प्रहरीले जनाएको छ। 

अव्यवस्थित घरटहरा भत्काउँदै तानसेन नगरपालिका 

ऐतिहासिक पाल्पा दरबार संग्रहालय वरिपरिका घरटहरा डोजर लगाएर हटाउन थालिएकाे हाे। मापदण्डविपरित बनेका घरटहरा हटाएपछि बजार व्यवस्थित हुने नगरपालिकाले जनाएको छ।

लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। निकुञ्ज कर्मचारी र सेनाले सो क्षेत्रमा गस्ती गरिरहेका छन्।

त्रिभुवन विमानस्थल बिहीबार राति १ बजेदेखि ७ घण्टा बन्द हुने 

विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।  

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्ली लगिँदै

पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ। 

काठमाडौँ महानगरभित्र पूर्वाधार निर्माण गर्दा ७ सर्त अनिवार्य

निर्माण कार्य गर्दा तोकिएको सर्त पालना नगरे पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने र अनधिकृत रूपमा राखिएका सामान उठाएर लगिने महानगरले जनाएको छ। 

प्रदूषणले घटाउँदै छ आयु

डढेलो र धुवाँ फाल्ने पुराना सवारी मात्र नियन्त्रण गर्दा काठमाडौँ उपत्यका श्वास लिनलायक बन्ने विज्ञहरू बताउँछन्। यति काम पनि नगर्दा बढ्दो प्रदूषण आयु छोट्याउने कारण बन्दैछ।

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। 

द्वन्द्वपीडित परिवारको माग : हाम्रा श्रीमान् किन मारिए, जान्न पाऊँ

द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति 

चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ। 

ठेकेदारको लापरबाही : ७ वर्षमा पनि बनेन हापुरखोला पुल

सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणका‍े जिम्मा लिएको थियो। 

अन्नपूर्ण हिमाल आरोहणमा गएका एक भारतीय नागरिक बेपत्ता

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अन्नपूर्ण हिमाल आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बताइएको छ।

३० मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा, पीडित भन्छन्– झण्डामा लौरो रहेको भन्दै प्रशासनले प्रदर्शन रोक्यो

प्रदर्शनमा उत्रिएकामध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। आफूलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीको भनाइ छ।

अभद्र व्यवहारमा पक्राउ परेका वडाध्यक्ष वलीमाथि खरखजना कसुरमा अनुसन्धान गर्दै प्रहरी

रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष  कृष्ण वलीको घरमा अवैध हतियार भेटिएपछि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

प्रहरी र मिटरब्याज पीडितबीचको झडपका कारण शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको छ।