एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको शीर्ष तीन दलका नेताबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न सहमति जुटेको छ।
जनगणना २०७८ अनुसार सम्पत्तिको स्वामित्व र रोजगारीको अवसरमा पुरुषकै वर्चस्व छ। ११.८ प्रतिशत परिवारका महिलाको नाममा घर र जग्गा छ। दक्षतामा आधारित रोजगारी र व्यवस्थापकीय काममा ९ प्रतिशत मात्र महिला छन्।
मिटरव्याज पीडितहरूले धर्ना दिइरहेको शान्तिवाटिकालाई सोमबार १० बजेदेखि प्रहरीले घेराबन्दी गरेर गेटबाट बाहिर निस्कन दिएको छैन। पीडितहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले घेराबन्दी गरेको हो।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।
काठमाडौँ विश्वकै बढी प्रदूषित हुने शहरमा परेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।
तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।
रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धि विवादका क्रममा गोली प्रहार हुँदा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।
दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ। यस्तै तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।
निमोनिया संक्रमण भएपछि राधादेवीलाई उपचारका लागि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, वासुदेव त्रिपाठी, ध्रुवचन्द्र गौतम, तीर्थबहादुर श्रेष्ठ, तोया गुरुङ, तुलसी दिवसलगायत ११ जनाले रिट निवेदनमा सम्मानवापत दिइएको मासिक रकम पाउनुपर्ने जिकिर गरेका छन्।
गोली चलाउने सहायक हवल्दार प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्। वर्षामान पुनको नातेदार रहेका उनी नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए।
अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ। तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौँबाट मुस्ताङ गइरहेको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटनामा परेको हो।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।
टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ।