आवश्यक तयारी पूरा नभएपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाउने भएको छ।
काठमाडौँ– प्रहरीले सरकारी वकिलको कार्यालयलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार बुझाउने भएको छ। आइतबार आवश्यक तयारी नसकिएकोले प्रहरीले सोमबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको हो।
सरकारी वकिलको कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले आइतबार प्रतिवेदन बुझाउने भने पनि आवश्यक तयारी नसिएको भन्दै भोलि बुझाउने जानकारी प्रहरीले दिएको बताए।
यस प्रकरणमा जोडिएका १६ जनालाई हिरासतमा राख्न तीन दिन म्याद थप भएको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र दर्ता गर्न आठ जनाको टोली बनाएको छ। कार्यालयलाई मंगलबारभित्र अदालतमा आरोपपत्र दर्ता गरिसक्नुपर्ने समयसीमा छ।
प्रहरीले यो प्रकरणको अनुसन्धान गरेको आइतबार ५८औँ दिन पुगेको छ। ६० दिनभित्र अनुसन्धान सकेर अभियोग दायर भइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
