नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र दायर गर्न सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि सरकारी वकिलको कार्यालयले अध्ययन गरी अभियोग पत्र दर्ता गर्न आठ जनाको टोली बनाएको छ।
मुद्दाको मिसिल आइसकेपछि त्यसको अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नका लागि आठ जना सरकारी वकिलको टोली बनाइएको हो। सरकारी वकिलको कार्यलयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले आइतबार प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारभित्र प्रतिवेदन अध्ययन गरेर आरोपपत्र दर्ता गरिसक्नुपर्ने समयसीमा रहेको बताए।
“हामीलाई आज प्रहरीले प्रतिवेदन बुझाएपछि आज र भोलिभित्र अध्ययन गरेर अभियोग दायर गरिसक्नुपर्ने छ। २४ घण्टा रातदिन काम गरेर भए पनि हामीले पर्सि मुद्दा अदालतमा दर्ता गर्नैपर्छ,” उनले भने।
प्रहरीले यो प्रकरणको अनुसन्धान गरेको ५८औँ दिन आइतबार पुगेको छ। ६० दिनभित्रमा यो मुद्दामा अनुसन्धान सकेर अभियोग दायर भइसक्नुपर्ने हुन्छ। अर्का एक सरकारी वकिलले समय कम भएकाले छिटो अध्ययन गरेर मुद्दा दायर गर्नुपर्ने अवस्था रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
