दलाललाई लाखौँ रकम बुझाएर अवैध बाटो अमेरिका हिँडेका दाङका एन्जल बुढामगर क्यारेबियन सागरमा हराएको दुई वर्ष भयो। पठाउनेहरू दण्डित भएका छैनन्, अरू धेरैजना एन्जलको नियति भोग्ने जोखिममा छन्।
शाह फोक्सोको क्यान्सरबाट पीडित थिए। काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो।
लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम रहेमा लू चलेको मानिन्छ। दुई सातादेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ।
दुर्घटनामा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको छ।
दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।
पशुचौपायामा देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट अहिलेसम्म १० हजार पशुचौपाया मरिसके। ७१ जिल्लाका ५०० पालिकामा फैलिइसकेको महामारी रोक्न सरकारले चासोे नदेखाउँदा किसानमा निराशा बढ्दो छ।
बुधबार बिहान बसेको बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।
ढोडेनीका १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले उक्त पानी आउन छाडेको छ।
कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण विभिन्न कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई स्पष्टीकरण सोधिएको हो।
काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको गाडीले सडक छेउमा हिँडिरहेका ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको थियो।
बागलुङको ढोरपाटन गरेपालिका–६, ७, ८ र ९ मा २०७७ भदौमा आएको बाढीले १३१ घरमा क्षति पुर्याएको थियो।
आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाल यसअघि पनि यस्तै आरोपमा मुछिएका थिए। तर, त्यसबेला जिम्मेवारी खोसिए पनि उनीमाथि कारबाही भएन।
गत सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप सीटीईभीटीका दुई कर्मचारीको शव भेटिएको प्रहरीले जनाएको छ।
२५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ।
मृत अवस्थामा भेटिएका राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर भएको बताएका छन्।
सुख्खा मौसमका कारण अत्यधिक गर्मी तथा खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले बिदा दिनुपरेकाे विद्यालयहरूले बताएका छन्।
अत्यधिक गर्मी, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको र दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको दाहालले बताए।
नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्। अहिले काठमाडौँबाट मात्र भारतीय शहरमा उडान हुन्छ।