AnonymousUser

Logout

चितवनका हात्तीवाङ र हपनी अझै विद्युत्‌विहीन, टुकीमा भरमा स्थानीय

चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि ढिलो भएको हो। 

मर्ज हुन चाहने क्याम्पसका लागि त्रिविद्वारा निवेदन आह्वान

देशभर ३०० निजी, २१८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १०० जनाभन्दा कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।

म्याग्दीको पोकगाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी, ५२ घरधुरी लाभान्वित 

हिउँदयाममा खेतीबाली लगाउन समस्या परेपछि 'लिफ्टिङ' प्रविधि अपनाइएको हो। अब समयमा नै धानको ब्याड राख्न पाइने र मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा छ। 

माइतीघर मण्डलमा १० दिनदेखि सहकारी पीडितको चित्कार, मौन छ सरकार

काठमाडौँ उपत्यकामै नियम विपरीत चलेका सहकारी संस्थाहरूले आफ्ना सदस्यभन्दा बाहिरबाट बचत उठाएर हिनामिना गर्ने क्रम बढेको छ। त्यसरी नै पीडित बनेका यी तीन पात्रको भोगाइले अरू कैयाैँको कथा पनि भन्छ।

मनसुन भित्रिन अझै समय लाग्ने, तराईमा चार दिनसम्म लूको सम्भावना

महाशाखाले तराईका भूभागहरूमा आगामी चार दिनसम्म तातो हावा अर्थात् लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्युठानमा कार दुर्घटना हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु

प्युठानमा कार दुर्घटना हुँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी काठमाडौँका डाँडामा पोखरी बनाउने र पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

बनेपाको भैँसेपाटी क्षेत्रमा सडक विस्तारका क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले डोजर चलाउन तत्कालै रोक्न पुरातत्व विभागले जिल्ला प्रशासन काभ्रेलाई पत्र पठाएको छ।

लागूऔषध काराेबारीमाथि प्रहरीले चलायो गाेली, १ जना घाइते

लागूऔषध काराेबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीलाई नै आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।

दाइजोका विषयमा विवादपछि महिलाको हत्या आरोपमा २ जना पक्राउ, घाटबाट शव बरामद

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्‍याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो। 

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता

गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्। 

प्रधानमन्त्रीले पशुपतिमा चढाए भारतको महाकालेश्वरबाट ल्याएको जल 

शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।

तराईमा केही दिन तापक्रम बढ्ने, लुबाट जोगिन अनुरोध

तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

देशभित्रै अनागरिक भएर सपना मरेको साक्षी बसिरहेका तिलक

पाइलापाइलाका व्यवधान देख्दा तिलकलाई नागरिकता सासभन्दा पनि महत्त्वपूर्णझैँ लाग्छ। वेदनाले विक्षिप्त उनी बेलाबेला आफैँलाई सोध्छन्, 'म को हुँ? मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्छ?'

समयमै पूरा नभएका सडक र पुलको ठेक्का तोडिँदै

निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका ठेक्का तोड्न थालिएको सडक विभागले जनाएको छ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धकाे रिट राउत र माथेमाको इजलासमा 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले समय गुजारेर थाँती राखेको नागरिकता सम्बन्धी विधेयक गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरे‍का थिए।

नेपाल 'राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्' सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित विजयी भएको छ। एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

कस्तो छ शुक्रबारको मौसम?

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।