भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।

काठमाडौंँ– प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले किर्ते र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। सोही क्रममा उनलाई मंगलबार पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।

यसअघि, ललिता निवास जग्गा प्रकरणमै दायर मुद्दामा विशेष अदालतले उनलाई दुई करोड धरौटीमा छाडेको थियो।

ललिता निवास जग्गा प्रकरणमा अन्य कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले यो प्रकरणमा जोडिएका अन्यलाई पनि पक्राउ गर्ने तयारी गरेको छ।