२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५५१ घर बगाएको थियो। २६ जनाको ज्यान गएको थियो। विस्थापित भएकाहरू पुनर्वासको पर्खाइमा छन्।
सरकारी निकायहरू महानगरपालिका, विभाग र प्राधिकरणको ध्येय समिट समूहलाई कारबाही गर्ने भन्दा पनि घटना सामसुस पार्नेतिर केन्द्रित रहेको बखुण्डोलवासीको आरोप छ।
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।
मुख्य सचिव नियुक्तिमा स्वाभाविक प्रक्रियाको अवसान र ‘सेटिङ’ हाबी हुनुमा आकांक्षीको चलखेलसँगै अख्तियारको अनुसन्धान छल्न क्याबिनेटबाट ‘अनुकूल’ निर्णय गराउने राजनीतिक नेतृत्वको चाहना प्रमुख जिम्मेवार छ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।
पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।
देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ।
मनोज र रंगिलाबीच गत वैशाख १ गते प्रेम विवाह भएको थियो। मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण मनमुटाव हुने गरेको पाइएको छ।
प्रहरीका अनुसार पाँच जनाले कुल ७४ करोड १३ लाखको कारोबार गर्दा मुख्य एजेन्ट दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ।
अदालतमा विचाराधीन मुद्दाका कारण चार वर्षयता वीरगन्जको विकास अवरुद्ध भएको महानगरपालिकाको भनाइ छ। महानगरले निवेदन दिएर यसबारे जानकारी गराए प्राथमिकतापूर्वक सुनुवाइ गर्न सकिने सर्वोच्चले जवाफ दिएको छ।
सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित हुने गरी सुधार नगरे संघ र प्रदेश मातहतका अस्पतालमासमेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने मेयर शाहले चेतावनी दिएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि सवारी आवतजावत बन्द भएको छ।
‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।
नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आफैँलाई जलाउने प्रयास गरेका छन्। उनलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टरमा लगेको छ।
संघीय मामिला मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका छन्।
निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको पर्यटनमन्त्री किराँतीले बताएका छन्।
यातायात व्यवस्था विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको छ।