‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एशिया क्षेत्रमा समेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको छ।
आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।
हेवा खोलाको बाढी चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा पस्दा त्यहाँका १७ मजदुर बेपत्ता भएका छन्। त्यसैगरी, गोठमा सुतेका दम्पती र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर पनि बेपत्ता छन्।
पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताएका छन्।
सांसद भट्टराईले ताप्लेजुङ, पाँचथर र संखुवासभा बाढी र पहिरोका कारण भएको क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे।
वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।
राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने र काठमाडौँ आउँने यात्रु अलपत्र परेका छन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा पूर्वराष्ट्रपतिहरूले विभिन्न पेसा अँगालेर अघि बढेको उदाहरण दिँदै नेपालका राजनीतिज्ञले पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिलाई फेर्नुपर्ने बताइन्।
फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने शहरी विकासमन्त्री सीता गुरुङको भनाइ छ।
पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो।
लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित सडकमै पल्टिएको हो। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजेतिर पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो।
बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा आइतबारसम्म तातो लहर चल्ने भएकाले अझै अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।
मेयर साहले सडकसीमाभित्र पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाएका छन्। २२ किलोमिटर लामो सडकको दुई ठाउँमा विस्तारको काम अवरुद्ध गरेका उनको एक ठाउँमा घर छ, अर्कोमा जग्गा।
पूर्वसूचनाबिना फेन्सिङ तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ।
आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने मोटरेबल पुल बगाएको छ। याम्फुदिनका दुईवटा बस्ती, स्वास्थ्य/प्रहरी चौकी र विद्यालय जोखिममा परेका छन्।