AnonymousUser

Logout

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

शुक्रबार साँझ हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। लगत्तै अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ। 

मकवानपुरमा २ वटा ट्रक ठोक्किएर आगलागी, ३ जनाको मृत्यु

मृत्यु हुनेमा ट्रक चालक चितवन राप्ति– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी–२ गोर्दीटारका सुमन चेपाङ र मनहरी– ३ का अमृत प्रजा छन्। 

दलित संगठनले भने– जुम्ला घटना मानवता विरुद्धको अपराध

अन्तरजातीय विवाह गरेकै कारण गत आइतबार जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिएको थियो।

बर्खामा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा चाँदनीतर्फको तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन

मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार ३०० मिलापत्र

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने बताइएको छ।

शनिबार कहाँकहाँ हुँदैछ वर्षा?

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

ज्ञानेन्द्र र करणसहित ४ खेलाडीलाई बाहिर राख्दै इमर्जिङ कपका लागि टोली घोषणा

यसपटक टोलीमा देव खनाल, मौसम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन् भने सूर्य तामाङले पहिलोपटक टोलीमा स्थान बनाएका छन्।

स्थानीयको बाटोसमेत खुम्च्याएर सैँबुमा ठडिएका मन्त्री क्वार्टर

मन्त्री र अरू उच्चपदस्थहरूका लागि सुविधासम्पन्न सरकारी आवास बनाउनेक्रममा ललितपुरको सैँबुमा सरकारी निकायले स्थानीय बासिन्दाको आवतजावत नै संकुचित पार्नेगरी सडकमा बलजफ्ती गरेका छन्।

ललिता निवास प्रकरण: ४ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

तीन तहका सरकार आएपछि टुट्यो पुरानो ‘चेन’, समन्वय नहुँदा सेवा अस्तव्यस्त

नागरिकका पिरमर्कासँग प्रत्यक्ष सरोकार राख्ने कृषि तथा पशु सेवासँग सम्बन्धित तीन तहका सरकार मातहतका कार्यालयबीच परस्पर समन्वय हुन नसक्दा सेवा प्रवाहमै समस्या देखिन थालेको छ। 

बाढीका कारण बन्द गरियो मेलम्चीको सुरुङ, वर्षा कम भएपछि मात्र सुचारु हुने

मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आएपछि हाल सुरुङ बन्द गरिएको छ। 

घरभित्रै मृत भेटिए अभिनेता सारुक ताम्राकार

ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।

बाढीले बगायो मेलम्ची र फट्टेको ह्युमपाइप, सवारी आवागमन ठप्प

फट्टेको ह्युमपाइप (पुल) क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्। 

कस्तो छ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

देशभर डेंगी संक्रमण बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको छ।

मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश नगरे आन्दोलन थाल्ने चेतावनी

मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालले मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश गरी पारित नगरे पुनः सशक्त आन्दोलन शुरू गर्ने चेतावनी दिएको छ।

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा ३ जनाको मृत्यु

दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला छेउमा लत्रिएको विद्युत् तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको वडाध्यक्ष प्रदीप खड्काले जानकारी दिए।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जना पक्राउ परेका छन्।

तराईमा हावाहुरी, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।