AnonymousUser

Logout

बागमती किनारका सुकुमबासी बस्ती ६ महिनाभित्र हटाउन पूर्वाधार विकास समितिको निर्देशन

सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले बागमती किनारका सुकुमबासी र अव्यवस्थित बसोबासीका बस्ती ६ महिनाभित्र हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

बस्नेत यसअघि गोरखा, चितवन र पर्सामा प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। 

प्रेम–विवाहमा जात नमिल्दा जल्यो घर, बिहे गर्ने युवक ‘बेपत्ता’

अघिल्लो दिन जलाउने धम्की आएको कारण भरत त्यस रात घरमा सुतेका थिएनन्। छिमेकमा गएर बसेकाले आगोमा पर्नबाट उनको ज्यान जोगिएको थियो। 

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।

घरमै मृत भेटिए गायक रविन तामाङ

‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए। 

बेनी–जोमसोम सडकमा दुई हप्तामै जोडियो बेलीब्रिज

भुरुङखोलामा रहेको कल्भर्ट बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक तथा तीर्थयात्री समस्यामा परेका थिए। बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ।

चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती

बजेट अभावका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको गौशाला व्यवस्थापन समितिको भनाइ छ। भजनी नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेका छन्। 

मधेश, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये घनश्याम उपाध्यायलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्ने निर्णय गरेको छ।

बन्दैगरेको संस्था राजनीतिक भागबन्डाले कसरी तहसनहस हुन्छ? साक्षी छ राजर्षि जनक विश्वविद्यालय

दलहरूबीच भागबन्डा नमिल्दा डेढ वर्षदेखि विश्वविद्यालय नेतृत्वविहीन छ। विश्वविद्यालय खुलेपछि बाहिर जानुपर्ने बाध्यता टरेकोमा उत्साही विद्यार्थीहरू अहिले यहाँ आफ्ना सपनाकै हत्या भएको महसुस गर्दैछन्।

बेपत्ता छानबिन र सत्य निरूपण आयोगको म्याद पुससम्म थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि पुससम्म थप गर्ने निर्णय गरेको छ।

हनुमानढोका परिसरभित्र एम्बुलेन्स र पानी बोक्नेबाहेकका सवारी प्रवेशमा रोक

न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

ललिता निवास प्रकरण: सर्वोच्चको आदेशविरुद्ध सीआईबीले दियो ‘भ्याकेट’ निवेदन

सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दिएको छ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, १ घाइते

मंगलबार बिहान पाँच बजे आएको पहिरोले स्थानीय गंगा रास्कोटीको घर पुरिँदा सुतिरहेका तीन बालबालिकाको मृत्यु भएको छ।

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा पानीको सतह ७.२२ मिटर पुगेको छ।

पहिरो पन्छाउन नसक्दा ५ दिनदेखि यातायात ठप्प

नवलपुरको पहाडी क्षेत्रमा यातायात सञ्चालन हुने मुख्य सडकको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षा र पहिरो नरोकिएका सडक तत्काल सुचारु हुने अवस्था नरहेको प्रहरीले जनाएको छ।

विपद्को सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ।

कस्तो छ मंगलबारकाे मौसम?

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्यासहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

ललिता निवास प्रकरणको अनुसन्धान संगठित अपराधमा केन्द्रित गरिँदै

२०७८ पुसमा जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको र थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गरेपछि रोकिएको यस मुद्दा करिब १८ महिनापछि प्रहरीको सीआईबीले पुनः अघि बढाएको हो।