ऐनले कमसल गुणस्तको सामान बेचेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। तर, घरको लागत बेहोर्न सिमेन्ट उद्योग तयार भएपछि उद्योग वाणिज्य संघको रोहबरमा मुद्दा मिलापत्र भएको हो।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।
प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ।
मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।
४० यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।
तत्कालीन महाप्रबन्धक हटाउने आन्दोलनको बहानामा पार्टीनिकट मजदुर युनियनले एकगठ भएर गरेको 'राजनीति'का कारण पूर्ण सरकारी स्वामित्वमा चलेको र गुणस्तरमा पनि लोकप्रिय उदयपुर सिमेन्ट उद्योग धराशायी बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।
काठमाडौँ महानगरले आफ्ना नगर प्रहरीलाई नेपाल प्रहरीकै जस्ता पद र दर्ज्यानी चिन्ह दिएर सडकमा पठाएको छ। तर पालिकाका प्रहरीलाई यस्ता दर्ज्यानी चिन्ह दिने कानूनी व्यवस्था छैन।
सांसदहरूले भुटानी शरणार्थी र बालुवाटार जग्गा काण्डजस्तै सुकुमबासीको नाममा हुकुमबासीले जग्गा पाउने कसरत भइरहेको आशंका गर्दै त्यस्तो भए पछि कर्मचारीहरू पनि फस्न भन्दै सचेत गाएका छन्।
सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ।
कागजातहरू शंकास्पद देखिएकाे भन्दै असार २५ गतेयता कुवेत लगायतका देश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।
असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति पुग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भनाइ छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी केशव तुलाधरलाई काठमाडौँको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लुम्बिनी सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकाले महिला सशक्तीकरणका लागि २ करोड खर्च गरेको छ। तालिम तथा प्रशिक्षण लिएका २१० महिलाले हासिल गरेको उपलब्धि निरन्तर मूल्यांकन पनि गरिरहेको छ।
रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।
चीन सरकारले अनुदानमा दिएका ती विद्युतीय गाडी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।
बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएकाे छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्रीसमेत रहेका उनका श्रीमान् पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका छन्।