AnonymousUser

Logout

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, वर्षा नरोकिएपछि पहिरो पन्छाउन ढिलाइ

पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।

मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।

१४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्। 

नारायणगढ–मुग्लिन सडकखण्ड रातभर अबरुद्ध रहने

सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।

संघीय राजधानीका दुई महानगरः एउटाको सडकमा पार्किङ निषेध, अर्कोको सडकमै ‘फ्री पार्किङ’ 

देशको संघीय राजधानीका दुई महानगरको ट्राफिक व्यवस्थापन शैली ठ्याक्कै उल्टो छ। काठमाडौँ महानगरले सडक किनारामा पार्किङलाई पूरै निषेध गरेको छ भने ललितपुर महानगरले सडकमै निःशुल्क पार्किङको सुविधा दिएको छ। 

विपद्‍मा परेकाको सहयोगका नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए।

काखको छोरा गुमाएकी आमाको विलाप- ‘न्यायाधीशले दोषी उम्काए, सांसदले शोकमा धम्काए’

यस्तो फैसलाले समाजमा चालक अनुमतिपत्र नै नलिई सवारी साधन चलाएर जोसुकैको ज्यान लिने र ६ महिना जेल बसेर उन्मुक्ति खोज्ने आपराधिक प्रवृत्ति फस्टाउने भन्दै कानूनव्यवसायीले चिन्ता प्रकट गरेका छन्।

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध प्रदर्शन

साना यात्रुवाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन रोकेर प्रदर्शन गरेका छन्। 

गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएकाे छ।

प्रदेश सरकारहरूले खर्च गरे झन्डै ९ खर्ब, उपलब्धि कति?

पहिलो वर्ष सानो आकारको बजेटबाट काम चलाए पनि त्यसपछि बजेटको आकार ह्वात्तै बढाएका प्रदेश सरकारहरूले पछिल्लो पाँच वर्षमा करिब ९ खर्ब रुपैयाँ खर्च गरेका छन्। 

मीनबहादुर र सुधीरकुमारका नाममा 'ललिता निवासको ३४ रोपनी जग्गा'

ललिता निवासको सबैभन्दा बढी २९ रोपनी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनका परिवारको सदस्यको नाममा छ। सुधीरकुमार शाहको नाममा पाँच रोपनी छ।

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै परेको रिट खारेज

रवि लामिछानेले राहदानी दुरुपयोग गरेको, प्रक्रिया नपुर्‍याएर नागरिकता जारी भएको लगायत कारण उनको सांसद पद खारेजीको माग गर्दै युवराज सफल पौडेलले गत जेठ १० गते रिट दर्ता गरेका थिए। 

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका दुई कर्मचारीलाई हिरासतमा राख्न अनुमति दिएको छ।

खेतमा विकसित पोखरा शहरले खाइदियो ४० वर्षअघि ५७ करोड लगानी भएको सेती नहर

पोखराको उर्वर जमिन घरैघरले भरिएपछि चार दशकअघि नै आधा अर्बभन्दा बढी लगानीमा बनेको सेती नहर मरेतुल्य भएको छ। खेती हराएसँगै शहरको बाटो बग्ने नहर सेतीमै फर्केर अस्ताउँछ। 

ललिता निवास प्रकरणबारे सीआईबीले भन्यो– मुद्दा दर्ता हुन्छ, अगाडि बढ्छ 

सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।

नवलपुरबाट वैदेशिक रोजगारमा गएका २८ जनाको एकै वर्षमा मृत्यु

विदेशमा अत्यधिक समय काम गर्ने, कार्यस्थलको असुरक्षा, तनावलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको छ। 

हेवाखोलाको 'डाइभर्सन' बाढीले बगायो, मेची राजमार्ग पुनः अवरुद्ध  

असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।

कस्तो छ बुधबारको मौसम?

मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार

पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।