AnonymousUser

Logout

शरणार्थी प्रकरणमा प्रहरीको दोस्रो चरणको अनुसन्धान, थप ‘हाइप्रोफाइल’ खोज्दै

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएपछि दोस्रो चरणको अनुसन्धान अघि बढाएको प्रहरी थप ‘हाइप्रोफाइल’हरूको संलग्नता पुष्टि गर्ने प्रमाण जुटाउन लागिपरेको छ।

वर्षात‍्को आगमनसँगै महानगरका सडक धराप बन्दै (भिडिओ)

सडक विभागले राष्ट्रिय राजमार्ग र रणनीतिक सडकमात्रै आफू मातहत रहेको बताउने गरेको छ। त्यसैले धेरैजसो सडक स्थानीय तहअन्तर्गत छन्। तर, काठमाडौँका स्थानीय तहलाई आफूमातहतको सडकको अवस्थाबारे थाहा नै छैन।

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेकाे सीआईबीको टोलीले गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको छ।

एसईई नतिजा केही दिनमै प्रकाशन गर्ने तयारी, नतिजा पद्धतिबारे निर्णय गर्न बोर्ड बैठक बस्दै

उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको र असार २१ गतेसम्ममा एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डले जनाएको छ। 

सोमबार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो,  दुइतर्फी आवागमन

सोमबार बिहान इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि अवरुद्ध सडक खुलेको छ। पहिरोसँगै खसेको ढुंगा लागेर घाइते भएका ट्रकका चालकको उपचार भइरहेको छ।

जंगली हात्तीले कुल्चिँदा झापामा भारतीय नागरिकको मृत्यु

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय पुरुषलाई हात्तीले कुल्चेर मारेको थियो। यो वर्ष झापामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ।

सोमबार बिहानको पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

आइतबार झण्डै १८ घन्टा अवरुद्ध भएर खुलेको नारायणगढ–मुग्लिन सडक सोमबार बिहानबाट पुन: अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरोले एउटा ट्रक नै पल्टाएको छ।

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जनालाई नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

ललिता निवासको जग्गा खाली गराउन काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।

बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा, लालबकैया नदीमा बाढीको चेतावनी

लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग   

हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

पहिरो खस्ने क्रम नरोकिएपछि गत बिहीबारदेखि पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आउजाउ गर्छन्।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाभर पहिराको जोखिम

विगत तीन वर्षयता वर्षाको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। 

दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

रौतहटमा आमाछोरी मृत भेटिए, हत्या गरिएको आशंका

मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बाढी मापन केन्द्र बुटवलले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

बाँच्ने आस देखाउने त्यो काठमाडौँ, अहिले पलपल तर्साइरहेछ

वर्षात‍्को बाढी र महानगरबाट विस्थापनको त्रास लिएर बाँचेका घरबारविहीनहरू भन्छन्– ‘राज्यका नागरिक हामी पनि हौँ। बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?’