यस्तो सुविधाले बँदेलबाट बालिनाली जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिएको छ।
यस्ता कामको सेवा शुल्क निर्धारण गर्ने कुनै निकाय र नियमन तथा नियन्त्रण गर्ने कानून छैन। यही शून्यताको फाइदा उठाउँदै कोठा खोजिदिने 'एजेन्ट' र 'ब्रोकर'हरूले मनोमानी असुल गरिरहेका छन्।
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशका सम्बन्धमा उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट पारित भएको छ।
तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।
मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।
प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्यो। एकैछिनमा भागाभाग शुरू भयो।
प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ या ब्याज मात्र भए पनि मिनाहा हुने आशामा सयौँ महिला प्रसाईं नेतृत्वको ‘आन्दोलन’मा सहभागी हुन काठमाडौँ आएका छन्।
काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय र २० हजार जरिबाना तिराउने फैसला सुनाएको छ।
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय नेपाल राष्ट्रिय प्राविमा कक्षा तीनमा पढिरहेकी प्रेमकलाले अहिले सिंगो चिउरी गाउँ छटपटाइरहेको देखेकी छन्। तर उनको डाक्टर बन्ने सपना भने अडिग र अविचलित छ।
दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।
बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकसहितका प्रहरी पनि खटिएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।