AnonymousUser

Logout

राज्यविरुद्धको मुद्दामा चन्दसहित चार जनालाई पक्राउ पुर्जी

काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित चार जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ठाउँ छुट्टाउन सरकारसँग रेडक्रसको माग

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाइ काम गर्न दिए उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको भनाइ छ।

हिमपातले अवरुद्ध बन्यो मध्यपहाडी लोकमार्ग

बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

हात्तीको आक्रमणबाट मोरङमा साइकलयात्रीको मृत्यु

केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।

माथिल्लो मुगुम र रारा क्षेत्रमा हिमपात, दैनिक उपभोग्य वस्तु अभावको चिन्ता

अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।

शीतगृहमा राखिएको एक करोड रुपैयाँ भन्दा बढीको फूल नष्ट

तिहारमा बिक्री गर्ने भनेर भण्डारण गरिएका फूल बिक्री भएनन् र अहिले कुहिन थालेपछि नष्ट गरिएको हो।

हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्।

चार सय प्रतिशतले बढ्यो गिद्धको संख्या

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।

यस्तो रहनेछ सोमबारको माैसम

लुम्बिनी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

नेपाललाई आर्थिक र प्राविधिक सहायता आउनेमा ढुक्क छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ। 

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङबाट एक व्यापारी पक्राउ

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

‘फोहोरको गन्ध’ले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका स्थानीयमा फोहोरका कारण विभिन्न स्वास्थ्य समस्या आउन थालेको छ। खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ।

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘अल्लो’लाई आम्दानीको स्रोत बनाउँदै गृहिणीहरू

भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन्।

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते

गोरखाको शहीद लखन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मन्त्री यादव भन्छन्– मेलम्चीको पानी एक महिनाभित्र काठमाडौँ पुर्‍याउने लक्ष्य छ

निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउन केही समय लागेको मन्त्री यादवको भनाइ छ।

उकालोकर्मी त्रिपाठीलाई नाफिज–कृषि पत्रकारिता पुरस्कार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।