AnonymousUser

Logout

अप्पर अरुणको पहुँचमार्ग बनाउन दुई हजार रूख काटिँदै

अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको छ। 

मुन्दुम पदमार्गमा तीन महिनामा पुगे एक लाख पर्यटक

पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ।

पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी हुँदै

जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

नेपालबाट म्यानमार पुर्‍याइ अनलाइन ठगी कार्यमा लगाएको आरोपमा एक जना पक्राउ

म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाउने र लक्ष्य पूरा नगरे यातना दिने गरेको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले बताए।

भारतमा नेपाली युवकमाथि गोली प्रहार

उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको ती युवकले बताएका छन्।

यसरी फेरियो पुम्दीकोटको परिचय

शान्ति स्तूपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ।

करेन्ट लाग्ने डरले सुन्तला बगैँचामा पस्न डराउँछन् दोसल्लेवासी

नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ।

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम पूर्वको भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन शुरू गरेका हुन्।

१२ ठेकेदार कम्पनी कालाेसूचीमा

सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

पोखरामा कारको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

काठमाडौँमा नाबालिग बलात्कृत घटनाः प्रहरी भन्छ– मेडिकल रिपोर्टबाट बलियो आधार भेटियो

नाबालिगलाई ४५ वर्षीय हिमाल शाहीले ‘जबरजस्ती करणी’ गरेको आरोपसहित जाहेरी दर्ता भएपछि प्रहरीले शुरू गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

सँधियारलाई मिचेर अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडा कार्यालयको मिलेमतो, महानगरको अनुमोदन

असुरक्षित महसुस गर्दै सँधियार अदालतसम्म पुगेका बेला काठमाडौँ महानगरपालिका–२ को वडा कार्यालयले प्रक्रिया मिचेर अरुण–शिला चौधरीका लागि लाजिम्पाटमा बन्न लागेको बंगलाको नक्सा पास अनुमति दिएको छ। 

फिरौती माग्न मामाको घरमा गोली प्रहार गरेको आरोपमा ३ जना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन्। उनीहरूले स्थानीय सूर्यप्रसाद पौडेलको घरमा गोली हानेको र फोनबाट धम्क्याएको प्रहरीको दाबी छ।

जाजरकोट भूकम्प: पीडित अझै खुला आकाशमुनि

आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन्। प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ।

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु, २९ बिरामी

क्रिसमस भोज खाएपछि बिरामी परेका २९ जनाको उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

महेन्द्र राजमार्गस्थित अर्घाखाँचीको शीतगंगा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ तय गरेको छ। 

चितवनमा सवारी दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ।