AnonymousUser

Logout

सिम्रौनगढमा प्रहरीको गोली लागी घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

सुर्तीजन्य पदार्थ बेचेको भेटिए काठमाडौँ महानगरले पसल बन्द गरिदिने

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर बिहीबारदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, बेचेको भेटिए पसलसमेत बन्द गर्नेसम्मको कारबाही हुने बताउँछन्।

बारीमै सड्न थाल्यो शैलुङका किसानले उत्पादन गरेको काउली

उचित मूल्य नपाउँदा शैलुङ क्षेत्र आसपासका किसानले उत्पादन गरेको काउली बारीमै सड्न थालेको छ। कृषक दावासङ्बु शेर्पाका अनुसार शैलुङमा काउली प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ।

नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक, सरकारी कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको छ।

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम, १ अर्ब ४१ करोड निकासा

स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार १५३  लाभग्राहीले अस्थायी आवास निर्माण गर्ने सम्झौता गरेका छन्। सम्झौता गरेका ती लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेका छन्।

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो, अस्पतालमा शय्या अभाव

वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ गाडी नियन्त्रणमा

कास्कीको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। 

तराईमा हुस्सु तथा कुहिरो, उच्च पहाडमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।

वनमा आश्रित ५० परिवारलाई ग्यास चुलो वितरण

आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो।

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

कारागारमा रहेका व्यक्तिको मुद्दा मिलाएर थुनामुक्त गरिदिने भन्दै झन्डै एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु

रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।

आयोगले बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन, मधेश प्रदेशमा अनुचित कारोबार धेरै

अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूले टुंगो लगाउने छन्।

९ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसक्नुको कारण प्रमुख/उपप्रमुखको टकराब

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन नसक्नुमा प्रमुख/उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमति रहेको जनाएको छ।

दलितको संख्या घटेको तथ्यांक आएपछि जनगणनाको प्रक्रिया र नतिजामाथि प्रश्न

कुल प्रजननदर अन्य जातिगत समुदायको भन्दा बढी हुँदाहुँदै पनि पछिल्लो राष्ट्रिय जनगणनामा दलित समुदायको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएपछि त्यसको कारण खोजेर त्रुटि सच्याउनु पर्ने आवाज उठेको छ। 

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

प्रहरीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको छ।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन जारी

केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।

कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना छ।

मानव बस्ती पस्न थालेपछि ध्रुवे हात्तीको घाँटीमा जोडियो रेडियो कलर

जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग

काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।

विपिनको रिहाइका लागि सशक्त पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई आग्रह

कतारका प्रधानमन्त्रीसँगको भेटका क्रममा परराष्ट्रमन्त्री साउदले हमासले बन्दी बनाएका विपिन जोशीको शीघ्र रिहाइका लागि सशक्त पहल गरिदिन आग्रह गरेको मन्त्री साउदको सचिवालयले जनाएको  छ।