डा गोविन्द केसीले विगतमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरू गर्ने घोषणा गरेका छन्।
तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गस्थित कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका दुवै जनालाई बिहीबार राति जिपले ठक्कर दिएको थियो।
प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मंसिर ४ गते पहिलो किस्ताबापत १४ करोड पठाएको थियो।
दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ललितपुर महानगरअघि उभिन पुगेका ईःमाथिको आक्रमण प्रयासले देशको मानवअधिकारको अवस्था देखाउने नागरिक अभियन्ताहरू बताउँछन्। ईः भने ‘गरिखान दिनुपर्ने’ आफ्नो माग र अभियान नरोकिने बताउँछन्।
मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।
प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।
पार्टीको अभियानका क्रममा धनकुटा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ।
अनुसन्धान समितिले १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरभित्र हरहालतमा सुर्तीजन्य पदार्थमाथि रोक लगाइने महानगर प्रवक्ता नवीन मानन्धर बताउँछन्। तर केन्द्रदेखि स्थानीय सरकारसम्मले विगतमा गरेका यस्तै घोषणा कागजमा सीमित भए।
राप्रपाले बिहीबार संविधानचोकमा महेन्द्रको सालिक राख्ने र आमसभाको तयारी गरेको थियो। सालिक राख्ने कार्यक्रमको अन्य दलले विरोध जनाएका थिए।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), म्याक्स नेट सोलुसन प्राली र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
मीनभवन आसपास सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर सडक पार गर्ने समय पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बेच्न र सेवन गर्नसमेत महानगरले प्रतिबन्ध लगाएको छ।
प्रहरीले बिहीबार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म ड्यामभन्दा तलका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
देशका १० नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारण फोहोर व्यवस्थापन पनि चुनौती बनेको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
ऋणीसँग जमानतबापत लिएको २१८ बिघा १० कठ्ठा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई जाँचबुझ आयोगले फिर्ता गराए पनि निर्मलकुमारको परिवारबाट साहुले हडपेको साढे ८ बिघा जग्गा त्यसमा परेन।