श्रमसचिव केवलप्रसाद भण्डारीले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।
बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाने क्रममा एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेको र एउटा ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा र ‘व्यवस्था परिवर्तन’ नभएसम्म चर्काइरहने दाबीसहित शुरू भएको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन एक महिना नपुग्दै तितरबितर बनेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ।
दक्षिण एशियाली देशहरूमा दुर्घटनाको मृत्युदर र मृत्युसंख्या धेरै भएको तथ्यांकले देखाएको छ। दुर्घटना न्यूनीकरण गर्न डब्ल्यूएचओले बनाएका उत्कृष्ट पाँच नियम पालना नगर्ने ५४ देशहरूमा नेपाल पनि पर्छ।
आजपाले भन्सार नियमावलीमा व्यवस्था गरिएको ‘४५ प्रतिशत पुरस्कार’को प्रावधान खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।
घाइतेमध्ये १० जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नारायणगढ–मुग्लिन सडकस्थित तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ गतेपछि (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सवारी बन्द गर्न लागिएको हो।
एक दशक अघिसम्म गुल्जार रहेका गाउँबस्ती उराठलाग्दो बनेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन्, तर त्यसको उपभोग गर्ने मान्छे घटिरहेका छन्।
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको छ।
तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।
मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयवासी काजी तामाङले बताए।
प्युठानको झिम्रुक–४ बाङेका १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको छ।
बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गत असार ७ गतेदेखि ठप्प छ।
तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोती घटनामा ज्यान गुमाएका लोकेन्द्रकी आमा लक्ष्मी न्यायका लागि तीनचोटि काठमाडौँ आइन्। चौथौँ पटक धन्यवाद दिन आएको बताउँछिन्। भन्छिन्, “न्याय पाइँदैन कि भन्ने थियो। तर फैसलाले न्यायको महसुस भएको छ।”
उनीहरूले अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर ३०० जनालाई भिजिट भिसामा विदेश पठाएको प्रहरीले जनाएको छ।
टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल लगायतका स्थानमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।