AnonymousUser

Logout

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

सीमित सवारी चल्ने हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगर बताउँछन्। डेढ दशकअघि सडक खुले पनि स्तरोन्नतिमा ध्यान नपुगेको उनको गुनासो छ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।

घर छैनन्, त्रास मात्रै बाँकी

पालमा बसेको २४ दिनपछि चिउरी गाउँकी कमला रावतका श्रीमानको चिसोबाट मृत्यु भयो। अहिले पनि नलगाड नगरपालिकाका आठ हजारसहित जाजरकोट र रुकुम पश्चिमका ३१ हजार परिवार पालमुनि छन्।

चितवनमा ३८० किलो गाँजासहित २ जना पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।

फाल्गुनन्द मार्ग ३ दशकदेखि अलपत्र

सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पाँच वर्ष बितेको छ। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन।

चिकित्सा शिक्षा र अनुसन्धानका लागि प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता

चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन्।

कस्तो रहनेछ मंगलबारको मौसम?

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालसहित २२ राष्ट्रका सैनिकबीच अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन हुने

शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण सञ्चालन हुने भएको छ।

जाजरकोट भूकम्प : राहत वितरण सुगममा मात्र केन्द्रित

भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणदेखि अस्थायी आवास निर्माणमा समेत आफ्नो भूमिका खोजेको प्रदेश सरकारले आफूले लिएको जिम्मेवारीसमेत बहन गर्न नसकेको आरोप लागेको छ। 

मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै रित्ता भाँडा देखाएर प्रदर्शन 

काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्ची आयोजनामाथिको चलखेल बन्द गर्न र यथाशीघ्र उपत्यकाका उपभोक्तालाई खानेपानी वितरण गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाएर प्रदर्शन गरेको छ।

भीड व्यवस्थापनका लागि काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली शुरू

अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ।

त्रिविको दीक्षान्त समारोहमा यस्तो देखियो (तस्वीरहरू)

त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ।

काठमाडाैँ उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन्द्र साह

उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।

त्रिविका १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।

डेढ दशकमा १२ हजार नेपाली आप्रवासी श्रमिकले गुमाए ज्यान 

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो डेढ दशकमा १२ हजारभन्दा धेरै नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका छन् भने करिब तीन हजार श्रमिकहरू अंगभंग भएर स्वदेश फर्किएका छन्।

सार्वजनिक स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्। 

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस: सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदै

'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काभ्रेभञ्ज्याङबाट १६ टन प्याज बरामद

धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।